आज :

विनोदको न्यायका लागि काठमाडौँमा संघर्ष, पुत्ला जलाउनेदेखि ज्ञापनपत्रसम्म

  • अनलाइन डबली

काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का मृतक विनोद शाहीको न्यायको लागि काठमाडौँमा संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ । परिवार तथा आफन्तहरुले काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गरी चरणवद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

आफन्तहरुले जेठ २९ गतेसम्मको लागि संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा परिवारका सदस्य अर्जुनविक्रम शाहीले आफूहरुको किटारी समेत प्रहरीले नलिएको जानकारी दिँदै न्यायको लागि गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउनेदेखि अछामका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र नगर प्रमुख पुत्ला जलाउने कार्यक्रम घोषणा गर्न बाध्य भएको बताए । स्थानीय सरकारले नै हत्याराको संरक्षण गरेको भन्दै शाहीले आपत्ति जनाए ।

कार्यक्रममा धिरेन्द्र शाहीले फरक राजनीतिक आस्थाकै कारण नेपाली काँग्रेस नेतृत्वको स्थानीय सरकारले मध्यराति प्रहरी पठाएर आतंक मच्चाएको बताए । उनले आफ्नो अभिमत राख्ने अधिकार समेत खोस्ने प्रयास गरेको बताउँदै भने, “फरक राजनीतिक आस्थाकै कारण काँग्रेस नेतृत्वका स्थानीय सरकारले सर्वसारणमाथि आतंक मच्चाएको छ । हाम्रै परिवारको सदस्यको ह’त्या गर्ने, जाहेरी नलिने ? ह’त्यारालाई कारवाहीको गर्नुको साटो स्थानीय सरकारले नै उल्टो संरक्षण गरेको छ ।” उनले स्थानीय सरकार नै पीडित परिवारसँग पूर्वाग्रही भएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा बोल्दै बोल्दै कपिल सिजापतिले विनोद शाही निर्दोष रहेको बताउँदै दोषीलाई कडा कारवाहीको माग गरे । उनले चुनावी प्रतिशोध साध्न नगर प्रमुख अम्बिका चलाउनेको निर्देशनमा उक्त घटना भएको भन्दै सत्यतथ्य छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग समेत गरे । उनले उजुरी नै नलिएर निर्दोष बालकले न्याय नपाउने अवस्था सिर्जना भएकैले आफूहरुले काठमाडौँमा संघर्षका कार्यक्रम सार्वजनिक गर्नु परेको बताए ।

विनोदको न्यायका लागि अर्जुन विक्रम शाहीको संयोजकत्वमा संघर्ष समिति समेत गठन गरिएको छ । संघर्ष समितिले आजै राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र दिने भएको छ ।

त्यस्तै, जेठ २६ गते गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउने, जेठ २७ गते साँझ पुत्ला जलाउने, जेठ २८ गते दिउँसो माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्ने संयोजक शाहीले जानकारी दिए । पहिलो चरणसम्म पनि सरकारले दोषीलाई कानुनी दायरामा नल्याए जेठ २९ गते दोस्रो चरणका कार्यक्रम घोषणा गर्न बाध्य हुने शाहीले बताए ।

प्रहरीलाइ गाउँ प्रवेश गर्न निर्देशन दिने नगर प्रमुख, प्रमुख जिल्ला अधिकार विश्वराज मरासिी र अछामका प्रहरी प्रमुख रविराज थपलियाकै कारण उक्त घटना भएकाे भन्दै पीडित परिवारले कारवाहीकाे दायरामा ल्याउनु पर्ने पत्रकार सम्मेलनमा पीडित परिवारले बताए ।

बैशाख ३० गते मतदानको क्रममा भएको विवादलाई नेपाली काँग्रेसले बदलाको रुपमा लिएपछि विनोदको घटना भएको पीडित परिवारको दाबी छ । जेठ १७ गते राति प्रहरी गाउँमा प्रवेश गरी स्थानीयलाइ लछारपछार गरेकै रात  विनोद हराएका थिए । उनको शव चारदिन पछि प्रहरी गाउँ लछारपछार गरेर फर्केकै मध्यपहाडी राजमार्गबाट ५ सय मिटर तल खसालिएको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal