आज :

विनोद शाहीको मृत्यु प्रकरणः दोषीमाथि कारवाही प्रक्रिया अघि बढाउन सभामुखको कडा निर्देशन

  • अनलाइन डबली

काठमाडौं । अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाका दोषीलाई कारवाही गर्न सभामुख अग्नि सापकोटाले सरकारलाई निर्देशन दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा अछाम क्षेत्र नम्बर दुईका सांसद यज्ञ बोगटीले सरकारले दोषीलाई कारवाही गर्न अग्रसरता नदेखाएको बताएका थिए । बोगटीले सभामुखको ध्यानाकर्षण समेत गराएका थिए ।

सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

संसद बैठकमा विशेष समयमा बोल्दै सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै भने, ‘त्यहाँको प्रशासनले टेरेको अवस्था छैन, ह त्यारालाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको छैन, मुद्दा दर्ता गरेको छैन, लासको पोष्टमार्टम गरेको छैन ।’ उनले दोषीलाई कारवाहीको लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताउँदै ध्यानाकर्षण गराउँदै घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएका थिए ।

मंगलबारको बैठकमा नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले घटना राजनीतिककरण गर्न नहुने भन्दै दोषीलाई कारवाहीको माग गरेका थिए । उनले दोषीलाई उम्किन नदिनु भन्दै निर्दोष पनि फस्न नहुने बताए ।

परिवार तथा आफन्तले किटारी जाहेरी नलिएको भन्दै विनायकमा विरोध प्रदर्शन गरिरहेका छन् । जिल्लामा क्रियाशिल चार राजनीतिक पार्टीले संयुक्त विज्ञप्ति जारी गरेर घटनाको सत्यतथ्य छानविन गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई निलम्बन गर्न समेत माग गरेका थिए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

आज नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रविन्द्र साउदले छुटै विज्ञप्ति निकालेर घटनाका दोषीलाई कारवाहीको माग गरेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । दुई पक्षबीच सहमति गरेर मतदान सुचारु गरिएको थियो ।

निर्वाचनको परिणाम पछि पनि नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ताबीच फेरि विवाद भएको थियो । जेठ १७ गते प्रहरी मध्यराति गाउँमा पसेसँगै विनोद हराएका थिए । चार दिनपछि मध्यपहाडी राजमार्गको ५ सय मिटर तल खसालेको अवस्थामा शाहीको शव भेटिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal