आज :

कालिकोट जिसस प्रमुख र उपप्रमुखसहित माओवादीबाट बहुमत सदस्य विजयी, एमालेलाई दुई भोट

  • अनलाइन डबली

सुर्खेत । जिल्ला समन्व समिति कालीकोटको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । प्रमुखमा माओवादी केन्द्रका कर्णाली प्रदेश सचिव धनजित शाही ‘आदर्श’ र उपप्रमुखमा मिना रावत ‘बिक’ विजयी भएका छन् । उनीहरुले १५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी बहुमत सदस्य पनि माओवादीबाटै निर्वाचित भएका छन् । माओवादीबाट ४, नेपाली कांग्रेसबाट २ र एकीकृत समाजवादीबाट एक जना गरेर नौ सदस्य बिजयी भएका छन् । पालिकाका चुनावमा सत्ता गठबन्धन प्रभावकारी नदेखिएपनि जिससमा पनि गठबन्धन भएको हो ।

जिससमा नेकपा एमाले एक्लै चुनाव लडेको छ । एमालेबाट प्रमुखमा तुलराज शाही र उपप्रमुखमा बसन्ती शाहीको उम्मेदवारी रहेकोमा दुई मत मात्रै पाएका छन् । गठबन्धन र एमालेका उम्मेदवार बीच १३ मतान्तरले अन्तर रहेको छ ।

जिससमा माओवादी केन्द्रको एकल बहुमत भएपनि गठबन्धनलाई काँग्रेस र समाजवादीलाई पनि सहभागी गराइएको छ ।

पालिका चुनावमा केन्द्रबाट गबठन्धन दलहरुबीच मात्रै चुनाव लड्न सक्ने निर्देशन गरेपनि सबै ठाउँमा पालना भएन । कालिकोटका सबै पालिकामा गठबन्धन कायम हुन सकेन । गठबन्धनप्रति नेपाली काँग्रेस इमान्दार नभएको अन्य दलह दलहरु आपसमा इमान्दार नभएको आरोप लाग्दै आएको छ ।

जिल्ला समन्वय समितिमा माओवादी एक्लैको बहुमत भएपनि केन्द्रमा बनेको गठबन्धनकै आधारमा काँग्रेसलाई र नेकपा एकीकृत समाजवादीलाई पनि सहभागी गराइएको माओवादी नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal