आज :

बालेनकाे निर्देशनमा प्रहरी घरघरमा पसेर कुटपिट गरेकाे भन्दै बन्चरेबासी आक्रोसित

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँ महागनरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनमा प्रहरी घरघरमा पसेर कुटपिट गर्न थालेको भन्दै बन्चरेडाँडाबासीले विरोध जनाएका छन् । उनीहरुले आफूहरुका माग पूरा गर्नुको साटो प्रहरीलाई दमनमा उतारेको भन्दै विरोध जनाएका छन् ।

सोमबार साँझ शहरी विकास मन्त्रालयमा काठमाडौँ महानगरपालिकासहित स्थानीय जनप्रतिनिधिहरुबीच फोहोर बन्चरेडाँडास्थित डम्पिङसाइडमा फाल्ने सहमति भएको थियो । सहमतिअनुसार आज विहानै फोहोर बोकेका गाडीहरु त्यसतर्फ गएका थिए । फोहोरका गाडीहरु स्थानीयले रोकेका थिए । उनीहरुले आफूहरुका मागहरु पूरा नभएको भन्दै गाडी रोकेका थिए ।

स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गर्नु परेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । प्रहरीले केही स्थानीयलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई घरघरभित्र पसेर लछारपछार गर्दै बाहिर निकालेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएका छन् । उनीहरुले मेयर साहले आफूविरुद्ध प्रहरी परिचान गरेको भन्दै विरोध जनाइरहेका छन् ।

चुनाव जितेर डम्पिङ क्षेत्र पुगेको बेला मेयर साहले फोहोर फाल्न बल प्रयोग नगर्ने स्थानीयसँग बताएका थिए । स्थानीयले साह आफ्नो प्रतिवद्धताबाट पछि हटेर प्रहरी दमन गरेर फोहोर लागेको भन्दै विरोध जनाएका छन् । प्रहरीले अवरोध पटाएपछि केही गाडीहरु डम्पिङ क्षेत्रमा पुगेका छन् भने केही बाटोमै रहेका छ्न । स्थानीयबासीले जनप्रतिनिधिहरुले आफूहरुसँग सल्लाह र माग छोडेर सहमति गरेको भन्दै अबरोध जारी राख्ने बताएका छन् ।

सोमबार साँझ शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच फोहोर व्यवस्थापनबारे संयुक्त छलफल भएको थियो । मन्त्रालयमा भएको छलफलपछि सो क्षेत्रमा फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र साहको उपस्थितिमा भएको सहमति कार्यान्वन गर्न स्थानीयले अबरोध पुर्याएपछि काठमाडौँको फोहोर अझै उठ्नेमा शंका पैदा भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal