आज :

प्रेमीले जन्मदिन मनाउन बोलाए, १२ बजे राति भोज सकेर किशोरीमाथि सामूहिक बला’त्कार

  • अनलाइन डबली

बाँके । बाँकेमा एक किशोरीमाथि सामूहिक बला’त्कार भएको छ । बला’त्कारमा संलग्नको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये पाँच जनामाथि बला’त्कारमा संलग्न र दुई जना मतियार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका– ८ का हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु र राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

फेसबुकबाट चिनजान र प्रेम सम्बन्धमा रहेका युवक हेमराज थारुले जन्मदिन मनाउन बोलाएपछि राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षकी किशोरी बाँके र बर्दिया जिल्लाको सिमानामा पर्ने मानखोलाको जंगलमा पुगेकी थिइन् । त्यहीँ उनको सामूहिक बला’त्कार भएको प्रहरीको भनाइ छ ।

कसरी भयो घटना ?
प्रहरीका अनुसार नेपालगञ्जबाट शनिबार ४ बजेतिर बस चढेर मानखोला पुगेकी किशोरीसँग पहिले हेमराज र उनका साथी बिक्रान्तले भेटेका थिए । त्यसपछि बिक्रान्तको मोटरसाइकल चढेर तीनै जना बढैया ताल पुगे । त्यहाँ घुमफिर गरे ।

त्यसपछि उनीहरु मानखोलाको फूलबारीमा बेलुकी छ बजेदेखि राति १२ बजेसम्म जन्मदिनको भोज गरे । जन्मदिन मनाउने कार्यक्रममा निराजन थारु, प्रविण थारु र राजकुमार थारु पनि सहभागी थिए । उनीहरुले भोजमा घरेलु मदिरा पनि सेवन गरेका थिए ।

‘उनीहरुले किशोरीलाई पनि मदिरा पिलाए,’ डीएसपी न्यौपानेले भने, ‘त्यसपछि उनीहरुले पालैपालो किशोरीलाई बलात्कार गरेको बयान दिएका छन् ।’

बला’त्कारपछि किशोरी बेहोस भएकी थिइन् । उनीहरुले किशोरीलाई मोटरसाइकलमा राखेर बैजनाथ वडा नं. ८ पिपरीमा बिक्रान्त थारुले बंगुर पाल्दै आएको टिनको टहरोमा पुर्याएकोबयान दिएका डीएसपी न्यौपानले बताए ।

गोठमा पनि दुई जनाले बला’त्कार गरेको किशोरीले प्रहरीसँग बताएकी छन् । गोठमा अर्धचेत अवस्थामा रहेकी किशोरीलाई घर पुर्‍याइदिने भन्दै बिक्रान्तको भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा राखेर नेपालगञ्जतर्फ लगेका थिए ।

नेपालगञ्ज गुलरिया सडकको उढरापुरमा प्रहरी चेकिङ थियो । पछिल्लो समयमा पशु तस्करी बढेकाले प्रहरीले राति पनि गस्ती गर्ने र चेकिङ गर्ने क्रम बढाएको थियो ।

खजुरा गाउँपालिका–५ को प्रतीक्षालय चोकमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीको नजर बेहोस किशोरीलाई लिएर आइरहेको मोटरसाइकलमा पर्‍यो । एक जना युवकले मोटरसाइकल चलाएका थिए भने अर्का युवकले किशोरीलाई बोकेका थिए ।

किशोरीलाई अर्धचेत अवस्थामा देखेपछि आफूहरुले चौकीमा ल्याएर सोधपुछ गरेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मी बताउँछन् ।

‘किशोरी जब होसमा आइन्, उनले नै आफूमाथि बलात्कार भएको बताइन्,’ रेग्मीले भने, ‘त्यसपछि उनीहरुकै बयानका आधारमा थप ५ जना पक्राउ गर्‍यौं ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal