आज :

सवारी दुर्घटनामा परेर एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको निधन

  • अनलाइन डबली

सप्तरी । सप्तरीमा भएको सवारी दुर्घटनामा नेकपा (एकीकृत समाजवादी) का नेता रामनारायण चौधरीको निधन भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स १० प ४६११ नम्बरको स्कुटरलाई ना.६ ख ६३९९ नम्बरको ट्रकले सोमबार साँझ ठक्कर दिएको थियो।

ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

सुरुङ्गा नगरपालिका बस्ने ६८ वर्षीय चौधरी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट सुरुङ्गा नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए। उनी पार्टीको जिल्ला कमिटी सदस्यसमेत थिए।

यता दाङमा श्रीमतीले लोहोरोले हानेर श्रीमानको ह त्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । घोराही उपमहानगरपालिका–१४ मा बस्दै आएकी भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पंकज गुप्ताको ह त्या गरेको प्रहरीले दाबी गरेको छ । हत्याको आरोपमा प्रहरीले गायत्रीलाई पक्राउ गरि अनुसन्धान थालेको छ ।

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा श्रीमानको मृत्यु भएको उनले प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

‘श्रीमान–श्रीमतीबीच पटक पटक झगडा हुने गरेको रहेछ’, प्रहरी प्रमुख काफ्लेले भने, ‘त्यही क्रममा सोमबार बिहान विवादका क्रममा श्रीमतीले लोहोरोले हान्दा श्रीमानको मृत्यु भएको रहेछ ।’

प्रहरीका अनुसार उनीहरु घर झगडाकै कारण पटक–पटक प्रहरी कार्यालयमा समेत पुग्ने गरेका थिए । भारत स्थायी घर भए पनि लामो समयदेखि तुलसीपुर-१३ फुलवारीमा बस्दै आएका उनीहरु केही समय अघि मजदुरी गर्न घोराही सरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal