काठमाडौं । आफ्नै कार्यकक्षमा एक मन्त्रीमाथि गोली प्रहार गरिएको छ । यो घटना डोमिनिकन रिपब्लिककाको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार वातावरण तथा प्राकृतिक स्रोत साधन मन्त्री ओलान्डो जोर्ग मिरामाथि आफ्नै कार्यकक्षमै रहेको बेला ६ राउन्ड गोली प्रहार गरिएको थियो ।
५५ वर्षीय ओरलान्डो बैठकमा सहभागी थिए । राष्ट्रपति कार्यालयका अनुसार गोली प्रहार गर्ने मिगुल क्रुज मन्त्री ओरलान्डोका बच्चादेखिकै साथी हुन् । चिनजान गरेकै आधारमा मिगुल
उनीमाथि ६ राउन्ड गोली प्रहार गरिएको थियो । राष्ट्रपतिका प्रवक्ताले हमलाकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ओरलान्डो वर्तमान राष्ट्रपति लुइस अबिनादरको प्रशासनमा सन् २०२० को जुलाईदेखि सेवा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमरुले जनाएका छन् ।
घटनापछि राष्ट्रपति अबिनादरले ट्वीट गर्दै ओरलान्डोको परिवारमा गहिरो समवेदना व्यक्त गर्दै आफ्नो असल साथीको गुमाएको बताएका छन् । यो घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।