आज :

सांसद गंगा चौधरी भन्छन- स्वार्थ नमिलेपछि महिलाहरु मुद्धा दिन्छ‍न्, हदम्याद हटाउनु हुँदैन

  • अनलाइन डबली

काठमाडौं। सांसद गंगा चौधरीले बला.त्कार यौनजन्य हिंसासम्बन्धी एक वर्षे हदम्याद हटाउन नहुने धारणा राखेकी छन् । उनले यस्ता घटनामा पुरुष मात्रै नभएर महिला पनि दोषी रहेको बताएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले चौधरीले महिलाको मात्र भावना नभई पुरुषको पनि भावना बुझेर कानुन निर्माण हुनुपर्ने बताइन् ।

यौन हिं सा आफैमा जघन्य अपराध भएकोले सबैलाई समेटेर कानुन निर्माण गर्नुपर्नेमा चौधरीले जोड दिइन् । उनले पल शाहको घटना स्वार्थ नमिलेका कारण बाहिर ल्याइएको बताइन् । स्वार्थ नमिलेकै कारण पूर्वसभामुखलाई ६ महिना जेल कोचिएको बताइन् ।

यस्ता घटना भइरहेको बेला हदम्याद हटाए स्वार्थ नमिलेपछि महिलाहरुले पुरुषविरुद्ध मुद्धा दिन भन्दै चौधरीले मुद्धाको चाङ लाग्ने समेत बताइन् ।

सांसद चौधरीले कानुन सबैलाई लागु हुनु पर्ने बताउँदै भन्छन्, ‘कानुन सबैलाई लागू हुनुपर्छ । कानुन जति कठोर बनाएपनि कार्यान्वयन पक्ष फितलो भयो भने त्यसको काम छैन ।’ समाजमा पछिल्लो समयमा भैरहेका घटनामा महिला र पुरुष दुबै दोषी भएको बताउँदै चौधरीले पल शाह प्रकरणलाई पनि मन मिलुञ्जेल माया र मन नमिलेपछि यौ’न हिं’साको संज्ञा दिइएको बताइन् ।

‘केही दिन अघिको पल शाह प्रकरणलाई हेरौं, पल र युवतीबीच जबसम्म मन मिल्यो, त्यसलाई मायाको (लभ)को संज्ञा दिने, जब मन मिलेन त्यसलाई ब लात्कारको संज्ञा दिने ?’ चौधरीले संसद बैठकमा बोल्दै प्रश्न गरिन् ।

सांसद चौधरीले पुरुषको पीडालाई पनि सम्बोधन गर्नुपर्ने बताउँदै उक्त विषयसँग जोडएका कानुनहरु पनि संशोधन गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘हामीले यो कुरा भुल्नुहुँदै कि धेरै महिलाहरु पीडित होलान् तर केही पुरुषहरु पनि पीडित छन् । पुरुषको पीडालाई सम्बोधन गर्ने कानुनी व्यवस्था गर्नुपर्छ ।’

त्यसैगरी चौधरीले विवाहसम्बन्धी २० वर्षे हदम्यादलाई घटाउनुपर्ने समेत धारणा राखिन् । उनले विवाहसम्बन्धी २० वर्षे उमेर हद भएपनि १३ वर्षका नानीहरूले पनि बच्चा जन्माइसकेका बताइन् । त्यो अवस्थालाई हेरेर पनि हामीले कानुन निर्माण गर्नुपर्ने धारणा चौधरीको छ । उनले उनले महिलाहरुको पीडा सुन्ने राष्ट्रिय महिला आयोग भएजस्तै पुरुषको पीडा सुन्ने निकाय हुनुपर्नेमा समेत बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal