आज :

आइतबार सार्वजनिक बिदा दिने देउवा सरकारको निर्णय खारेज

  • अनलाइन डबली

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार बिदा दिने निर्णय फिर्ता लिएको स्रोतले जानकारी दियो। जेठ १ गतेदेखि लागु हुनेगरी सरकारले परीक्षणको लागि भन्दै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो।

तर एक महिना पनि कार्यान्वयन नहुँदै निर्णय फिर्ता भएको हो। वैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको थियो।

यसरी सरकारले बिदा दिने निर्णय गरेपछि धेरैले विरोध जनाउँदै आएका थिए। कतिपय स्थानीय तहले सूचना जारी गर्दै आइतबार पनि प्रशासन तथा विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेका थिए।

आजैमात्र आइतबार पनि बिदा दिने निर्णयविरूद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो । रकारले नेपाल प्रहरीका पाँच जना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवा हुनेमा उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् ।

गृह मन्त्रालयको बढुवा समितिको सिफारिसका आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal