
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को तर्फबाट हुम्ला जिल्लाका विभिन्न गाउँपालिकामा विजयी जनप्रतिनिधीहरुले जनताको जीवनस्तर उठ्ने गरी आफ्नो कार्यकालको सदुपयोग गर्ने बताएका छन् । शनिबार संवाद डबली तथा सो पार्टी निकट अखिल क्रान्तिकारी हुम्लाको आयोजनामा बधाई तथा शुभकामना कार्यक्रममा उनिहरुले माओवादीकै नेतृत्वमा व्यवस्था परिवर्तन भएको र अब हुम्ली जनताको अवस्था परिर्तन गर्न आफूहरु लाग्ने बताए ।
सिम्कोट गाउँपालिका अध्यक्ष विजय भण्डारी ‘प्रतिरोध’ले आफूहरुले १० वर्षे जनयुद्ध कालमा पार्टीले खटाएका हरेक मोर्चाहरुमा इमान्दार र प्रतिबद्ध भएर कार्य गरेको र अहिले पालिकाको जिम्मा लिन भनेकोले सो मोर्चामा पनि मेहनत गर्ने बताए । पार्टी केन्द्रीय सदस्यसमेत रहेका उनले हुम्ली जनताको विगतको जस्तो अवस्थाबाट उकास्ने बताउँदै भने, ‘जनयुद्धले हामीलाई चेतना स्तर बढायो, व्यवस्था बदल्यौं अब आर्थिक अवस्था बदल्ने प्रयास गर्नेछौं ।’
त्यसैगरी, ताँजकोट गाउँपालिका आध्यक्ष लालकेश जैसीले पालिकामा आफू चुनाव लड्ने भन्दा पनि पार्टीको र जनताको चाहना भएको बताए । पार्टीको निर्देशन पालना गर्ने र जनताको दुःख तथा सुखमा साथ रहने सधैं तत्पर रहेको र रहने बताउँदै, आफ्नो विजयमा साथ दिने सबैलाई धन्यबाद व्यक्त गरे । ताँजाकोट गाउँपालिकामा पहिलो स्थानिय सरकारको नेतृत्वले जनताको प्राय सबै आधारभूत आवश्यकताहरु पूरा हुने कार्य गरिसकेको र अब आफूले दीर्घकालिनरुपमा जनस्तर उठाउने औद्योगिक विकास र स्थायी आय आर्जनका योजनाहरु अगाडी बढाउने बताए । पार्टी कर्णाली प्रदेश कमिटी सहसचिव समेत रहेका जैसीले पहिलो कार्यकालमा देशभरीको स्थानिय सरकार प्रसाशनिक, नीतिगत तथा अनुभवको कमिको बाबजुत धेरै काम गरेको र अबको दास्रो कार्यकाल प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।
सो पार्टीका जिल्ला संयोजक डा.दीपेन्द्र रोकायाले नवनिर्वाचित जनप्रतिनीधिहरुलाई बधाइ तथा शुभकामना दिए । उनले पार्टीले पठाएका जनप्रतिनीधिहरुले मानव विकासमा आधारित विकास गर्नुपर्ने र सो को लागि बालबालिकामा लगानी युवालाई रोजगारी, जेष्ठ नागरिकलाई सम्मन र सुरक्षको सुनिश्चितता गर्नु पर्नेमा जोड दिए ।
कर्णाली प्रदेश योजना आयोगका सदस्यसमेत रहिसकेका डा.रोकायाले अब बन्ने नीति तथा कार्यक्रम र बजेट दिगो विककासमा आधारित भई आबधिक योजना र प्राथमिकताका आधारमा अगाडी बढाउन आग्रह गरे । उनले शिक्षा, स्वास्थ्य उद्यमशिलता र रोजगारको वातावरण बनाउन र जनताको सेवक बन्न र सुशासनको वातावरण निर्माण गर्न सझाव दिए ।
नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले नाम्खा गाउँपालिका अरु गाउँपालिका भन्द हरेक हिसाबले सम्भावनाले भरिएकोले केन्द्र र प्रदेश सरकारले साथ दिए नमुना गाउँपालिका बनाउ सम्भव रहेको बताए । अग्रज र पार्टीले दिने सुझबलाई आत्मसाथ गर्दै नाम्खाका जनताको जनजीवन शुदृढ पार्ने काममा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जाहेर गरे ।
सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की ‘मुक्ति’ ले सर्केगाढको प्रथम कार्यकाल माओवादी नेतृत्वले नै चलाएकोले धेरै कार्यको आधार बनिसकेकोले अबको कार्यकालमा जनताको जीवनस्तर सुधार्न अझ सहज हुने बताए ।
माओवादी सर्केगाड गाउँकमिटी अध्यक्षसमेत रहेका उनले व्यापक बुद्धिजीवी र सम्भावन भएको गाउँपालिकाको रुपमा परिचित सर्केगाढमा चुनौतिसँगै सम्भावन उत्तिकै रहेको बताए । कार्कीले हरेक कामकारबाही अगढी बढाउँदा पार्टी र जनतासँग अनिवार्य समन्वय गर्ने बताए ।
खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंहले विगतमा पनि पार्टी र क्रान्तिको निम्ति अहो रात्र खटेको र अब जनताको दैनदिनको जीवन सुधार्न र समृद्धिकोलागि खट्ने प्रतिबद्धता जाहेर गरे ।
हुम्ला जिल्लाको शिक्षा र स्वास्थ्य सुधार्न भूमिका खेल्दै आएको आधार नेपालका देशिय निर्देशक प्रल्हाद ढकालले आफूहरुले नाम्खा र सिमिकोट गाउँपालिकामा बनाएका नमुनि शिक्षलयहरु जिल्लाभरी विस्तार गर्नसकिने र बालबालिकालाई जिल्लामै गुणष्तरिय शिक्षा दिने वातावरण तयार गर्न शुझव दिए । जनप्रतिनीधिहरुलाई बधाई तथा सफल र अब्बल कार्यकालको शुभकामना दिदै विगताका जनप्रतिनीधीहरुभन्दा फरक कार्य गर्न सुझाए ।
कार्यक्रमका सभाअध्यक्ष तथा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य पदम नेपालीले नवनिर्वाचित अध्यक्ष–उपध्यक्षहरुलाई शुभकामना दिदै आफ्नो अर्काको नभनि राम्रो कार्यमा साथ तथा गलतमा औंला ठड्याने विद्यार्थी चरित्र भएकोले सतर्क रहन सुझाव दिए ।
संवाद डबलीका अध्यक्ष दीपेन्द्र रावलले जनप्रतिनिधि तथा अतिथि वक्ताहरुलाई खाँदालगायर स्वागत तथा सम्मान गरेका थिए ।