आज :

तनहुँमा शक्तिशाली बिस्फोट, १ जनाको घटनास्थलमै मृत्यु

  • अनलाइन डबली

तनहुँ । खाना पकाउने ग्यास सिलिन्डर बिस्फोट हुँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् ।

सिलिन्डर ग्यासमा अचानक आगलागी भई शक्तिशालीरुपमा बिस्फोट भएपछि बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको उनले जानकारी दिए । उता मुगुको कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ ।

मुगम कार्मारोङ गाउपालिका-७ महगाउँका १६ बर्षका असल तामाङ शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत थिए ।

टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक लागेर सिकित्स बिरामी भएपछि बोकेर गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा उनको मृत्यु भएको मुगुम कार्मारोङ गाउपालिका वडानं-७ का वडाअध्यक्ष शसांक लामाले जानकारी दिए ।

एक साता नबित्दै यार्सा क्षेत्रमा लेक लागेर दुई जनाको मृत्यु भएको छ । बुधबारमात्रै यार्सा संकलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजबहादुर सिंहको कोइकी पाटनमा लेक लागेर मृत्यु भएको थियो ।

नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कोहलपुर शिक्षण अस्पतालमा पुर्‍याइएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख, डिएसपी सुवास हमालले बताए ।

यार्सा टिप्न गएका सर्बसाधारणलाई हाइअल्टीच्यूटका कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधि उपचार नपाएर वर्सेनि अकालमा मृत्यु हुने गरेको छ ।

यार्सा टिपेर पैसा आर्जन गर्ने उद्देश्यले यहाँका नागरिक ज्यानको बाजी राखेर ४५०० देखि ५५०० मिटरसम्मको उचाइको हिमरेखा क्षेत्रमा यार्सा संकलन गर्न जाने गर्छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal