आज :

हेलिकप्टर उडानका लागि बन्यो यस्तो नयाँ नियम, कहिलेदेखि हुन्छ लागु ?

  • अनलाइन डबली

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा समेत अब दुई जना पाइलट रहनु पर्ने निर्णय गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार अब साना हेलिकप्टर सबैमा दुई पाइलट राखेर मात्र उडाउन पाइने छ । यस्तो नियम १७ असार (१ जुलाई)देखि लागू हुने गरी निर्णय भएको उनले जानकारी दिए ।

अहिले हेलिकप्टरमा एक जना पाइलट रहेर उनले यात्रु बोक्ने गरी सञ्चालन भइरहेको छ । अब भने साना हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य राख्नु पर्ने निर्णय भएको कर्णले जानकारी दिए ।

नेपालको भौगौलिक अवस्थितिले साना जहाज र हेलिकप्टरहरुको दुर्घटना दर उच्च छ । सोहीकारण हवाई सुरक्षा अभिवृद्धि गर्न यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।

नेपालमा अहिले हवाईजहाज र एमआई १७ मोडलका ठूला हेलिकप्टरमा मात्र दुई पाइलट अनिवार्य गरिएको थियो । अब भने साना हेलिकप्टरमा समेत दुई पाइलट अनिवार्य गरिएको हो ।

नेपालमा जहाज चलाउँदा चलाउँदै पाइलट अचेत हुने वा अन्य स्वास्थ्य समस्या आएमा थप ठूलो दुर्घटना नहोस भन्ने उद्देश्यले यस्तो निर्णय भएको बताइएको छ । विश्वका अधिकांश मुलुकमा सिंगल इन्जिन एयरक्राफ्टमा दुई पाइलट राख्ने प्रचलन छैन । तर, नेपालमा भने प्राधिकरणले नौलो निर्णय गरेको छ ।

प्राधिकरणको निर्णय वायुसेवा कम्पनीसम्म भने पुगिसकेको छैन । एक वायुसेवा सञ्चालकले यस्तो निर्णय भए पनि कार्यान्वयनमा आउन भने सम्भव नरहेको प्रतिक्रिया दिए ।

नेपालमा पाइलटको संख्या, हेलिकप्टरको विजनेश, यात्रुको अवस्था अध्ययन नगरी प्राधिकरणले निर्णय गरिएको भन्दै कार्यान्वयन हुन नसक्ने उनले बताए । ‘अहिलेसम्म सर्कुलर पाएका छैनौं,’ उनले भने, ‘कार्यान्वयन अनिवार्य गर्ने हो भने पनि व्यवहारमा उतार्न सम्भव छैन ।’

नेपालमा हेलिकप्टरको बढ्दो प्रयोगसँगै सञ्चालकहरुले पाइलट भने विदेशबाट मगाउनु परेको छ । सामान्यतया एउटा हेलिकप्टरमा एक जना पाइलट राखेर पनि पूर्ण क्षमतामा उडाउन दैनिक औसत २.६ जना पाइलट आवश्यक पर्छ ।

यसको तुलनामा नेपालमा स्वदेशी पाइलट उपलब्ध नहुँदा विदेशबाट पाइलट मगाउनु पर्ने आवश्यता रहेको वायुसेवा कम्पनीहरुको भनाइ छ ।नेपाली कम्पनीमा १५–२० जना विदेशी पाइलटले सेवा दिइरहेको बताइएको छ ।

नेपाली पाइलटको संख्या ३०–३५ हाराहारीमा छ । आवश्यकताको तुलनामा उत्पादन कम हुँदा नेपालमा हेलिकप्टर उडान विदेशी पाइलट भित्राउनु पर्ने बाध्यता रहेको सञ्चालकहरुको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal