आज :

तारा एयरको जहाज दुर्घटनामा चालक दलसहित सबैको मृत्यु, शव काठमाडौँ ल्याएर परिवारलाई बुझाउने तयारी

  • अनलाइन डबली

काठमाडौँ । तारा एयरको जहाजमा दुर्घटनामा परी चालक दलका तीनसहित सबैको ज्यान गएको छ । आइतबार विहानबाट सम्पर्कविहीन बनेको जहाज सोमबार विहान मुस्ताङको थासाडको पानापाथी हिमाल फेदीमा दुर्घटनाग्रस्त भएको भेटिएको छ ।

घटनास्थल पुगेको प्रहरी टोलीका अनुसार सवार २२ जनाकै मृत्यु भएको छ। जहाजमा रहेका चालक दलका ३ सदस्य र १९ जना यात्रु थिए । पहिलो पटक घटनास्थल पुगेका स्थानीय युवाहरुले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । नेपाली सेना, प्रहरी र घटनास्थलमा पुगेका स्थानीयको टोलीले शव संकलन गरिसकेको छ ।

घटनास्थलमा रहेका गाउँपालिका वडा नम्बर ३ का स्थानीय युवा सुमित गौचनले घटनास्थलमा आफू पुग्दा कोही पनि जीवित नभएको बताएका छन् । उनले १२ जनाको शव नजिकै भेटिएपनि अरु वरपर छरिएको बताए । शवहरु क्षतविक्षत अवस्थामा भेटिएको उनले बताए।
जहाजमा चालक दलका ३ सदस्य, यात्रुहरु दुई जर्मन नागरिक, चार भारतीय र १३ नेपाली थिए।

जहाजमा पाइलट प्रभाकर घिमिरे, को पाइलट उत्सव पोखरेल र एयरहोस्टेज किस्मी थापा थिए। जहाजमा दुई जर्मन नागरिक वी विलनर र मेइक ग्रिटग्राफ थिए। साथै भारतीय नागरिक बान्देकर वैसवी,अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी र ऋतिका त्रिपाठीसमेत सोही जहाजमा थिए।

त्यसैगरी नागरिक उड्डयन कार्यालय पोखराका अनुसार जहाजमा नेपाली नागरिक इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ सवार रहेका थिए ।

जहाज समुन्द्री सतहदेखि माथि झन्डै ४ हजार मिटर उचाइमा दुर्घटना भएको थियो। थासाङको मानापाथी हिमालको फेद नजिक याकखर्क भन्ने स्थानमा यार्सा टिप्न गएका ९ जना टोली र लेतेबाट गएका स्थानीय युवा सुमित गौचनको टोलीले सोमबार दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटेका हुन्।

यसैबीच जहाज दुर्घटनामा परि मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ । गृहमन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पाख्रेलका अनुसार दुर्घटनास्थलबाट शव काठमाडौं ल्‍याएर परिवार तथा आफन्तको जिम्मा लगाउने बताए । अहिले नेपाली सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा अहिले शव संकलन भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal