आज :

दुर्घटनास्थलमा पहिलो पटक पुगेका इन्द्रसिंङले शवबारे दिए यस्तो जानकारी, कसैको मन थामिएन

  • अनलाइन डबली

काठमाडौं । आइतबार विहानबाट हराइरहेको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खराब मौसमका कारण घटना स्थल पुग्न सेना र प्रहरीलाई धौधौ भएको थियो । अहिले प्रहरीको उद्धार टोली फिस्टेल एयरबाट नेपाल प्रहरीका इन्स्पेक्टर राजकुमार तामाङ नेतृत्वको टिम घटनास्थलमा पुगेको छ ।

थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको विमानमा सवार धेरै यात्रुहरूको शव नचिनिने अवस्थामा भेटिएको छ । केही शव टुक्रा परेका छन् । प्रहरीले शव कलेक्सन गरिरहेको छ ।

जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरस्थित दुर्घटनास्थलमा पहिलो पटक स्थानीय इन्द्रसिंह शेरचनसहितका युवाहरु पुगेका थिए । शेरचनले संचारमाध्यमहरुलाई दुर्घटनास्थलबाट दिएको जानकारी अनुसार जहाज टुक्राटुक्रा भएको छ भने शवहरु यत्रतत्र छरिएका छन् ।

जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा नभएको शेरचनले बताए ।  उनले भने, ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,यहाँको अवस्था भयावह छ । म हेरेर बसिरहेको छु ।’

चालक दलका सदस्यहरुको पनि शव यत्रतत्र परेका छन्। अनुहारबाट पहिचान गर्न गारो हुने शेरचनले बताए । ड्रेसबाट मात्रै चालक दलका सदस्य भएको आफूहरुले पहिचान गरेको उनको भनाई छ ।

शेरचनसहितको टोली राति नै त्यसतर्फ गएको थियो । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए । अहिले पनि सो क्षेत्रमा मौसम खराब भएको उनले बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal