आज :

विमान दुर्घटनास्थलमा हेलिकप्टर परिचालन, यसकारण अझै पुग्न सकेन सेनाको रेस्क्यु टिम

  • अनलाइन डबली

काठमाडौँ । तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा हेलिकप्टर परिचालन गरिएको छ ।

नाउरिकोटबाट फिस्टेल र कैलाश एयरको हेलिकप्टर घटनास्थलतर्फ परिचालन गरिएको नागरिक उड्डयन कार्यालय मुस्ताङका एयर ट्राफिक कन्ट्रोलर पुष्कल राज शर्माले बताए ।

यार्सागुम्बा टिप्न गएका बाग्लुङका एकजनाले सुरक्षाकर्मीलाई फोटो पठाएपछि थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा तारा एयरको विमान दुर्घटना भएको पुष्टि भएको छ । दुर्घटनास्थलमा सुरक्षाकर्मी पुग्न सकेका छैनन् ।

खराब मौसमका कारण नेपाली सेनाको एमआई–१७ हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङ्गमा अवतरण गरिएको छ । कोबाङ्गबाट दुर्घटनास्थलमा पुग्न करिब ४ घण्टा पैदल हिँड्नुपर्छ । आइतबार पनि सेनाको टिम कोबाङ्गमा रोकिएको थियो ।

मौसम अनुकुल भएमा दुर्घटना स्थल आसपासमा हेलिकप्टर ल्याण्ड गरेर अपरेशन अघि बढाइने मुस्ताङका एयर ट्राफिक कन्ट्रोलर पुष्कल राज शर्माले जानकारी दिए ।

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीनअटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजी कार्य स्थगित गरिएको थियो । सोमबार बिहानैबाट पुनः खोजी थालिएको थियो ।

९ एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए ।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन् । उनीहरुको अवस्थाबारे हालसम्म कुनै जानकारी आएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal