आज :

हराइरहेको तारा एयरको जहाजबारे आयो यस्तो खबर, केहो वास्तविकता

  • अनलाइन डबली

काठमाडौँ । आइतबार बिहान १० बजेदेखि हराइरहेको तारा एयरको जहाज साँझ ६ बजेसम्म पनि फेला पर्न सकेको छैन। आठ घन्टासम्म लगातार खोजी गर्दा पनि खोजीकर्ताहरूले जहाज कहाँ गयो भन्ने पत्ता लगाउन सकेका छैनन्।

तर काठमाडौंस्थित भारतीय दूतावासले जहाजमा आफ्ना चार नागरिक रहेको भन्दै उनीहरूको परिवारसँग सम्पर्कमा रहेको बताएको खबर प्राप्त भएको छ । तर कतिबेला समप्रक भएको भन्ने खुलाएको छैन ।

यता मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य जारी राखिएको बताएका छन्। दुइटा हेलिकप्टरले आकाशबाट र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले जमिनबाट खोजी कार्यलाई निरन्तरता दिइरहेको शर्मा बताउँछन्।

‘जहाज सम्पर्कविहीन भएको सम्भावित क्षेत्रमा हेलिकप्टर र स्थलमार्गबाट पनि खोजी कार्य जारी छ। आज उज्यालो हुन्जेल खोजी कार्य जारी रहन्छ,’ उनले  भने, ‘राति खोजी गर्न सम्भव हुन्न। आज उज्यालो हुने बेलासम्म पनि जहाज फेला परेन भने भोलि बिहानदेखि पुन: खोजी कार्य जारी रहन्छ।’

सम्पर्कविहीन जहाज खोज्न आइतबार दिउँसोदेखि फिस्टेल एयर र नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ भने करिब एक सय जना सुरक्षाकर्मी परिचालन गरिएका छन्।

प्रजिअ शर्माका अनुसार धौलागिरि हिमालको रेन्जमा खोजी कार्यलाई केन्द्रित गरिएको छ। मौसम प्रतिकूल हुँदा हेलिकप्टर उडान निरन्तर रूपमा गर्न सकिएको छैन। हिँडेर नेपाली सेना र प्रहरीसहित टोली धौलागिरि हिमाल रेन्जतर्फ गएका छन्।

‘यही ठाउँमा जहाज छ भन्ने अवस्था छैन,’ उनले भने, ‘सम्भावित क्षेत्रमा खोजी कार्य गरिएको हो।’ हराइरहेको जहाज खोजीका लागि नेपाली सेनाले हवाई र स्थलमार्गबाट टोली खटाएको छ। साँझ ६ बजेसम्म जहाजको लोकेसन पत्ता नलागेको सेनाले जनाएको छ।

यसअघि मानापाथी हिमालको फेदमा जहाज रहेको भन्ने स्थानीयले जानकारी दिएपछि नेपाली सेनाको टोली त्यतातिर लाागेको थियो। तारा एयरले विज्ञप्ति जारी गर्दै हराइरहेको जहाजको खोजी भइरहेको जनाएको छ।

तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।

जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए। जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal