आज :

कर्मचारीलाई खुशीको खबरः तलव १५ प्रतिशत वृद्धि, हेटौडा कपडा उद्योगबाट बनेको कपडको पोशाक

  • अनलाइन डबली

काठमाडौं । अर्थमन्त्री प्रभारकले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको बताएका छन् । संघीय संसदको संयुक्त बैठकमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरे । अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।

त्यसैगरी अर्थमन्त्री प्रभाकरले बन्द अवस्थामा रहेका उद्योगलाई सं‌चालनमा ल्याउने घोषणा गरेका छन् । मन्त्री प्रभाकरले बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, हेटौंडा कपडा उद्योग लगायत अन्य बन्द स्थितीमा रहेका उद्योगलाई सञ्चालनमा ल्याउने भएको हो ।

हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा सार्वजनिक सेवामा रहेकाहरुले अनिवार्य लाउने व्यवस्था समेत मिलाउने अर्थमन्त्री प्रभाकरले बताए । अर्थमन्त्रीले बजेट भाषणका क्रममा बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगलाई उपयुक्त ढाँचामा सो उद्योग सञ्चालनको योजना बनाएको बताए ।

चीन सरकारको सहयोगमा विसं २०३५/०३६ सालबाट हेटौंडा कपडा उद्योगले औपचारिक रुपमा उत्पादन सुरु गरेको थियो । सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता रहेको छ ।

कमजोर व्यवस्थापनका कारण उद्योग टौंडा कपडा उद्योगले २०५४ सालपछि घाटामा जान थालेको थियो । सरकारले २०५७ माघ १८ गतेको मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर उद्योगमा ताला लगाएको छ । उद्योगमा कार्यरत सबै कामदार र कर्मचारीलाई सामूहिक अवकाश दिएपछि हेटौंडा कपडा उद्योग बन्द भएको थियो ।

यसअघिका सरकारले दुई पटक उद्योग निजीकरणको लागि बोलपत्र आह्वान गरेको थियो भने अर्थमन्त्री प्रभाकरले सरकार आफैले उद्योग संचालनमा ल्याउने जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal