आज :

तारा एयरको विमान लेते पहाडमा दुर्घटना ? चालक दलसहित २२ जनाको मृत्यु भएको आशंका

  • अनलाइन डबली

काठमाडौं। पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ। स्थानीयले ठुलो आवाज आएको र आगो लागेको देखेपछि विमानमा सवार सबैको मृत्यु आशंका गरीएको छ।

वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेका अनुसार सम्पर्कविहीन भएको तारा एयरको (९ एन एइटी कल साइन) को ट्विनअटर जहाज मुस्ताङको खासा जनिकै टिटी भन्ने स्थानमा दुर्घटना ग्रस्त भएको बताइएको छ । पोखराबाट जोमसोमाका लागि उडेको तारा एयरको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको थियो ।

तर पोखराबाट जोमसोम उडेको तारा एयरको १९ जना यात्रु र ३ जना चालक दलका सदस्य लिएर विहान ९ः५५ टि्वनअटर विमान लेते पहाडमाथि दुर्घटना भएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ।

उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको छ। सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले भने, ‘सुर्खेत र काठमाडौं एयरबेसबाट हेलिकोप्टर परिचालन गर्न तयारी अवस्थामा छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दिवेश लोहनीले सम्पर्कविहीन जहाजको स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको अनलाइनखबरलाई बताएका छन्।

सम्पर्कविहीन भएको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो।यसैबीच, मुस्ताङको घाँसामा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले खबर गरेका छन्।

तर त्यहाँ अहिलेसम्म प्रहरी वा अन्य कुनै निकाय पुगेको छैन। प्रहरीका अनुसार यो सूचनालाई पुष्टि गर्ने प्रयास भइरहेको छ। यद्यपि, अहिले हराएको विमानको खोजीलाई त्यसतर्फ केन्द्रित गरिएको प्रहरीले जनाएको छ।

सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ। स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए। हराएकाे जहाज खाेज्न लेते र काभ्रेभीर आसपास टाेली खटिएकाे प्रजिअ शर्मा बताउँछन्।

तारा एयरको उक्त जहाज आज बिहान पोखराबाट १९ जना यात्रु लिएर मुस्ताङको जोमसोम उडेको थियो। उक्त जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए।

घिमिरेले पहिले नागरिक उड्ययन प्राधिकरणमा पनि काम गरेका थिए घाँसाका स्थानीय विशाल शेरचनका अनुसार त्यहाँ बादल लागिरहेकाे र पानी परिरहेकाे छ। ३ मिनेटकाे फरकमा जहाजहरू मुस्ताङतिर गइरहेका थिए।

पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ। तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ।

प्रहरीका अनुसार लेते क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो। खोजी कार्य जारी रहेको छ। ९ एन-एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु रहेको तारा एयर स्रोतले जनाएको छ।

जहाजमा चालकदलका ३ सदस्य पनि छन् ।जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए। जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो। हराइरहेको तारा एअरको विमानको खोजी भइरहेको प्रहरीले जनाएको छ।

‘हामीले एउटा हेलिकप्टर पठाइसक्यौँ, नेपाली सेनाको हेलिकप्टर पनि आउँदै छ’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले उज्यालोसँग भन्नुभयो । उहाँका अनुसार विमान सम्पर्कविहीन अवस्थामा नै छ।

केहीले मुस्ताङको लेतेमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भने पनि त्यो पुष्टि नभएको उहाँले बताउनुभयो ।बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो।

विमानमा ३ जना चालक दलका सदस्य र १९ जना यात्रु रहेका तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले उज्यालोलाई जानकारी दिनुभयो।विमानका क्याप्टेन प्रभाकर घिमिरे रहेका पनि गड्तौलाले जानकारी दिनुभयो।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal