आज :

लोते आसपास दुर्घटना आशंका गरिएको तारा एयरको जहाजमा कोको थिए ? नामसहित 

  • अनलाइन डबली

काठमाडौं । सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको लोते घाँसा आसपासको क्षेत्रमा दुर्घटना भएको आशंका गरिएको छ । विहान ९ः५५  पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ क्षेत्रमा दुई पटक घुमेको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् ।

मुस्ताङको लोतेमा रहेका संचारमाध्यमलाई दिएको जानकारीअनुसार बाक्लो बादल र कुहिरो लागेका कारण जहाज नदेखिएको तर अस्वभाविक ठूलो आवाज आएको स्थानीयले बताएका छन् । सो क्षेत्रमा अहिले पानी परिरहेको छ । जहाजको खोजीकार्य तीब्र पारेपनि मौसम खराब भएका कारण अहिलेसम्म कुनै पत्तो लागेको छैन ।

जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए । पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ । ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरि मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ ।

सम्पर्कविहीन जहाजमा विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

त्यसैगरी क्याप्टेन प्रभाकर घिमिरेले उडाएको विमानका सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा रहेको तारा एयरले जनाएको छ ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजी कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई फोन सम्पर्क गरी जहाजको खोजी कार्यलाई तीव्रता दिन खाँणले निर्देशन दिएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरि आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीलाई अलर्टमा रहन निर्देशन दिएको बताए । जहाजको खोजीकार्यका लागि फिस्टेल एयरको हेलिकप्टर मुस्ताङबाट उडिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal