काठमाडौं । तारा एयरको सम्पर्कविहीन जहाज मुस्ताङको घाँसामा दुर्घटना भएको आशंका गरिएको छ । स्थानीयले जहाजको ठूलो आजाव आएको र आगो देखिएको भन्दै प्रहरीलाई खबर गरेको बताइएको छ । स्थानीयले मुस्ताङ प्रहरीलाई जहाज दुर्घटना भएको हुन सक्ने भन्दै खबर गरेका थिए । तर मौसम खराब भएकोले त्यसतर्फ प्रहरी भने जान सकेको छैन ।
प्रहरीले सूचना पाएलगत्तै पुष्टी गर्ने प्रयास गरेपनि यो समाचार तयार पार्दासम्म जहाज दुर्घटनाको पुष्टी हुन सकेको छैन । त्यस क्षेत्र आसपास केन्द्र बनाएर हेलिकोप्टरबाट खोजीकार्य भइरहेको छ । नीति क्षेत्रको एउटा र नेपाली सेनाको एउटा गरी दुई वटा हेलिकोप्टर परिचालन भइरहेका छन् ।
पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको जहाजमा १६ नेपाली र विदेशी ६ जना विदेशी रहेका छन् । जहाजमा ३ जना चालक दलका सदस्य रहेका छन् ।
पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको खुलेको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा नआएको बताए ।