आज :

१९ यात्रुसहित सम्पर्कविहीन तारा एयरको विमान मुस्ताङको लोते आसपास दुर्घटनाको आशंका

  • अनलाइन डबली

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाजको अवस्था अझै अज्ञात नै छ । आइतबार  विहान ९ः५५ बजे पोखराबाट उडेको  ९ एन एईटी टि्वनअटर विमानको खोजी कार्य भइरहेको छ ।

जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु र चालकदलका ३ सदस्य रहेको तारा एयरले जनाएको छ । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए ।

जहाज मुस्ताङको लेते नजिकै पर्ने टिटी भन्ने स्थानमा दुर्घटना भएको आशंका गरिएको छ । स्थानीयका अनुसार टिटीमा ठूलो आवाज आएको बताएका छन् । स्थानीयले प्रहरीलाई खबर गरेको मुस्ताङ प्रहरीले जनाएको छ । विमान लेते क्रस भएपछि सम्पर्कबिहीन भएको थियो ।

मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर जहाजको खोजी भइरहेको छ । उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको छ ।

यसैबीच, मुस्ताङको घाँसामा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले खबर गरेका छन् । तर त्यहाँ अहिलेसम्म प्रहरी वा अन्य कुनै निकाय पुगेको छैन । प्रहरीका अनुसार यो सूचनालाई पुष्टि गर्ने प्रयास भइरहेको छ । यद्यपि, अहिले हराएको विमानको खोजीलाई त्यसतर्फ केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।

  • फाइल तस्विर

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal