आज :

नवनिर्वाचित जनप्रतिनिधिबारे देउवा सरकारले गर्यो यस्तो निर्णय

  • अनलाइन डबली

काठमाडौँ । सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई तालिम दिने निर्णय गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारहरूसँग समन्वय गरी तालिम दिन लागेको छ।

स्थानीय सरकार सञ्चालनलगायत विभिन्न विषयमा जनप्रतिनिधि (प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष) लाई तालिम दिन लागिएको मन्त्रालय स्रोतले जनाएको छ।

जेठ २५ गतेदेखि तालिम सुरू हुनेछ। प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा जेठ २५ र २६ गते तालिम गर्न लागिएको छ।

मधेश प्रदेश, गण्डकी र कर्णालीमा जेठ २७ र २८ तथा बागमती र लुम्बिनी प्रदेशमा जेठ ३० र ३१ मा जनप्रतिनिधिलाई तालिम दिने सरकारको तयारी छ।

यसैबीच राजनीतिक दलहरूले पनि आफ्ना पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई अभिमुखीकरण गर्ने भएका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले जनप्रतिनिधिलाई प्रशिक्षण दिने तयारी गरेका छन्।

कांग्रेसले आफ्ना पार्टीबाट जितेका हरेक जनप्रतिनिधिको वर्षदिनमा मूल्यांकन गरिनेसमेत बताउँदै आएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal