काठमाडौँ । दाङमा सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बँगलाचुली गाउँपालिका वडा नम्बर २ रानीखुट्टीको जंगलमा सिकार खेल्न गएको क्रममा लमही ९ वसन्तपुर निवासी २३ वर्षीय कालुराम घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले दाङले जानकारी दिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। सिकार खेल्न गएका मध्ये ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। शवलाई लमही अस्पतालमा राखिएको छ। उनको घाँटीमा गो’ली लागेको छ ।
यसैबीच १३ वर्षअघि भएको ह’त्याको घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको साविक बोर्लाङ गाविस-७ हटियाका दिलबहादुर दराईको ह’त्या अभियोगमा भक्तपुर सुडालका ३८ वर्षका कैलाश कार्की पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनलाई शुक्रबार पक्राउ गरेको हो । उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको केन्द्रीय अनुसन्धान व्यूरोका उपनिर्देशक कमल थापाले जानकारी दिए ।