आज :

अर्थमन्त्रीको प्रस्तावमा पेट्रोलियमा लगाइएको कर घट्दै, मूल्य समायोजन गर्न कार्यदल गठन

  • अनलाइन डबली

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमाथिको घर कटाउन लागेको छ । पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्न थालेपछि चौतर्फी विरोध भइरहँदा कर घटाउने सरकारले तयारी गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सडकमा कार्यक्रम बढ्न थालेको र अन्य सेवा र बस्तुको पनि मूल्य भारी मात्रमा वृद्धि हुन थालेपछि अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले कर घटाउने प्रस्ताव गरेका थिए । प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक दिइसकेको छ ।

पहिलो चरणमा सरकारले इन्धनमा लगाएको १० रुपैयाँ कर घटना लागेको छ । त्यसपछि थप कर घटान सकिने अवस्थाबारे छलफल हुन सक्ने बताइएको छ । त्यस्तै सरकारले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न कार्यदल गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

मन्त्रि परिषद्ले सैद्धान्तिक अनुमति दिइसकेपछि अर्थमन्त्रालयले पेट्रोलियम पदार्थको मूल्य घटाउनेबारे गृहकार्य सुरु गरेको बताइएको छ । बजेट भाषणपछि लगत्तै पेट्रोलियम पदार्थको मूल्य घट्न सक्ने बताइएको छ ।

कार्यदलले अर्थतन्त्रको समग्र क्षेत्रमा पारेको प्रभाव तथा नेपाल आयल निगमको कार्य सञ्चालन वित्तीय व्यवस्थापन तथा व्यापार विविधीकरण लगायत क्षेत्रमा सुधार गर्ने विषयमा अध्ययन गर्ने र अध्ययनपछि उक्त प्रतिवेदन सरकारलाई बुझाउने मन्त्रालयको तयारी छ ।

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारणले सर्वसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राखेर सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरिसकेकोले विरोधमा भइरहेका कार्यक्रम स्थगित गर्न मन्त्रालयले आग्रह गरेको छ ।

मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीसहित संयुक्त विद्यार्थी आन्दोलनले साँझा कार्यक्रम बनाएको छ । त्यस्तै नेकपा बहुमतले पनि चरणवद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । धर्मेन्द्र बास्तोला नेतृत्वकोनेकपा बहुमतले सिठी जुलुसदेखि चक्का जामसम्मका कार्यक्रम सार्वजनिक गरेको

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal