आज :

मारियोपोलपछि युक्रेनको डोनबास क्षेत्र पनि रुसको कब्जामा गयो, राजधानीतिर अघि बढ्यो रुसी सेना

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनको पूर्वी क्षेत्रका महत्वपूर्ण सहर डोनबास रुसले कब्जामा गएको छ । रुसले अलग राज्यको मान्यता दिएको सो क्षेत्रमा युक्रेनी सेनाले आफ्नो सम्पूर्ण नियन्त्रण गुमाएको छ । रुसीले सेनाले मारियोपोल सहरलाई कब्जामा लिएपछि डोन्बास क्षेत्रमा हमला तेज पारेको थियो ।

रुसले डोनबासमा हमला तेज बनाएको स्वीकार गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले उक्त क्षेत्र बसोबासका लागि अनुपयुक्त नभएको बताएका थिए । टेलिभिजनमार्फत् गरिएको सम्बोधनका क्रममा उनले पूर्वी युक्रेनका सहरहरूलाई खरानीमा परिणत गर्ने रुसको मनसाय देखिएको बताएका थिए ।

युक्रेनी सेनाले आफ्ना पकडबाट गुमाएको सो क्षेत्र असुरक्षित भएको जेलेन्स्कीले बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । यसअघि युक्रेनी उपरक्षामन्त्रीले रुसहरूले एकैसाथ धेरै क्षेत्रमा आक्रमण गरेको र युद्धको गति झन् तीव्र हुँदै गएको बताएकी थिइन् ।
युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले देशको पूर्वी भागमा अवस्था मानिसहरूले बुझे भन्दा निकै खराब रहेको बताएका थिए ।

दिमित्रोले रुसी सेनाविरुद्ध उभिन पश्चिमा राष्ट्रहरूसँग युक्रेनलाई खासगरी एकै पटक धेरै रकेट प्रहार गर्न सकिने प्रणाली लगायतका शक्तिशाली हतियार उपलब्ध गराउन पुनः आग्रह गरेका छन् । उनले आफूलाई शक्तिशाली अस्त्रको आवश्यकता रहेको र त्यो नभएको अवस्थामा हामी रसी सेनालाई पछि धकेल्न सक्ने अवस्थामा नसक्ने बताएका थिए ।

सो क्षेत्रमा सबै मानिसहरु रुसी भाषी रहेको र उनीहरुमाथि युक्रेनले दमन गरेको भन्दै उनीहरुले विरोध गर्दै आएका थिए । डोन्बास क्षेत्रमा विगत एक दशकदेखि अलग राज्यको माग गर्दै मानिसहरु संघर्षमा छन् ।

रुसले पूर्वी क्षेत्रमा हमला तेज सँगै राजधानी किभमा पनि हमला तेज बनाएको छ । किभको बाहिरी क्षेत्रमा क्षेप्यास्त्र प्रहार भइरहेका छन् । एरपिन शहरका अधिकांश क्षेत्र पनि रुसी सेनाको नियन्त्रणमा गइसकेको छ । त्यस्तै, खार्किभमा पनि हमला जारी छन् । युक्रेनी राष्ट्रपतिले पश्चिमा देशहरुसँग अझ ठूलो संख्यामा हतियार मागेका छन् ।

डोनबास क्षेत्र नियन्त्रणमा लिनुलाई रुसको ठूलो सफलता भएको र अब राजधानी किभ कब्जाको लागि रुसी सेना अघि बढ्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal