आज :

काठमाडौँका मेयर बालेन र उपमेयरमा सुनिताले कति मतले जिते ? स्थापितको लज्जाजनक हार

  • अनलाइन डबली

काठमाडौँ । काठमाण्डौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन् । राति सकिएको मत गणनाको अन्तिम नतिजासँगै औपचारिक रुपमा बालेन र सुनितालाई विजयी भएको घोषणा गरिएको हो ।
मेयरमा बालेन र उपमेयरमा सुनिता मतगणना नसकिँदै विजयी भइसकेका थिए । गन्न मत भन्दा मतान्तर बढी भएसँगै दुबैको जित निश्चित भइसकेको थियो । साहले ६१ हजार र मेयरमा र ६८ हजार बढी मत ल्याएर विजयी भएका हुन् ।

अन्तिम नतिजा अनुसार साहले ६१ हजार ७६६ मत ल्याएका छन् भने सुनिताले ६८ हजार ६१२ मत ल्याएकी छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मतसहित बालेनसँग प्रतिस्पर्धा गरेकी थिइन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार स्थापितले ३८ हजार एक सय १५ मत प्राप्त गरे ।

आधा मतगणनासम्म पनि आफू दुईतिहाई मतले विजयी हुने स्थापितले दाबी गरिरहेका थिए । तर, अन्तिम नतिजामा सिर्जना सिंहभन्दा पनि पछि परे ।

त्यसैगरी उपमेयरमा एमालेको सूर्य चिन्हमा चुनाव लडेकी सबैभन्दा बढी मत ल्याएकी छन् । उनले आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएका छन् । गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार आठ सय ६ मत मात्रै पाए ।

काठमाडौँ महानगरमा एक लाख ९० हजार नौ सय ६२ मत खसेको थियो । जसमा ७ हजार ६ सय मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

अब स्थानीय तह निर्वाचनको एउटा मात्रै पालिकाको नतिजा आउन बाँकी छ । बाजुराको बुढीगङ्गा नगरपालिकामा फेरि मतदान हुने भएको छ । यही वैशाख ३० गते भएकाे पालिका चुनाव निष्पक्ष नभएको ठहर गर्दै निर्वाचन आयोगले यस्ताे निर्णय गरेकाे हाे ।

आयोगले बिहीवार विज्ञप्ति निकालेर आयाेगले वैशाख ३० गते भएको चुनाव रद्द गर्दै फेरि मतदान गर्ने निर्णय गरेको जानकारी दिएको छ । आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ), नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई तीन दिनभित्र हटाइ अरू कर्मचारी पठाएर चुनाव गराउन सरकारलाई निर्देशन दिएको छ ।

निर्वाचनको स्वतन्त्र र निष्पक्षतामा आँच आउने काम गरेको भन्दै आयोगले उनीहरुलाई तीनदिन भित्र हटाइ निर्वाचन कसुरअनुसार विभागीय कारबाही गरी आयोगलाई जानकारी दिन सरकारलाई निर्देशन दिएको छ । बूढीगङ्गा नगरपालिकामा दश वटा वडामध्ये ६ वटा वडामा विवाद थियो । यस्ताे छ

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal