आज :

औपचारिक जितको घोषणा हुनै लाग्दा युवाहरु भृकुटीमण्डपमा भेला, बालेनको पक्षमा र्याली निकाल्ने तयारी

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरको मेयरमा बालेन साह विजय भएको औपचारिक रुपमा घोषणा हुनै लाग्दा युवाहरु भृकुटीमण्डप जम्मा भएर नाराबाजी गरिरहेका छन् । उनीहरुले बालेन साहको पक्षमा नाराबाजी गरिरहेका छन् । उनीहरुले यो जित युवाहरुको जित भएको बताउँदै नाराबाजी गरिरहेका छन् ।

जित निश्चित भएपछि बालेन विजय र्याली ननिकाल्ने बताएका थिए तर युवाहरुले स्वतस्फूर्त रुपमा मत गणनास्थल भृकुटीमण्डप बाहिर जम्मा भएका छन् । औपचारिक रुपमा विजय घोषणा भएलगत्तै धन्यवाद र्याली निकालिने र काठमाडौँका विभिन्न स्थानमा पुगेर मतदातालाई धन्यवाद दिने बताइएको छ ।

काठमाडौँको मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोलले फराकिलो मतान्तरले विजयी भएका छन् । मत गणना नसकिँदै मेयर र उपमेयर विजयी भइसकेका थिए । बालेन साहको जितले राजनीतिक वृतमा निकै ठूलो हल्लाखल्ला मच्चाएको छ ।

विहीबार संसदमा समेत बालेनको विजयको प्रसंगले प्रवेश पायो । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानले राजनीतिक दलहरु जनताको पक्षमा जिम्मेवार नभए धेरै बालेनहरु जन्मिने र राजनीतिक दलहरु समाप्त हुने चेतावनी दिए । उनले मार्गदर्शन गरे अनुसार भूमिसुधार योजना लागू गर्न अत्याधुनिक भूमि डाटा बैंकको व्यवस्था गर्नुपर्ने बताए ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सुरु भएको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भने, ‘हामीसँग भूमिसम्बन्धी डाटा अपडेट छैन, भूमिसम्बन्धी डाटा अपडेट गर्नका लागि सवैभन्दा पहिले अत्याधुनिक टेक्नोलोजीले हाम्रो देशको भूमि मापन गर्नसक्नुपर्छ ।’ त्यसका लागि उनले भूमि डाटा बैंक बनाउन सक्नुपर्ने पनि बताए ।

नेता खनालले देशको कुनैपनि भूभाग हेर्न क्लिक गर्दा हेर्न सकिने बनाउनुपर्ने जरुरी भएको बताए । नेता खनालले विकास निर्माणका कुनैपनि काम गर्न त्यस्तो डाटा आवस्यक पर्ने भन्दै भूसम्पतीको वितरण अन्यायपूर्ण रहेको बताए ।

खनालले अन्यायपूर्ण भूसम्पती वितरणलाई न्यायोचित वितरणमा रुपान्तरण गर्न पनि भूमिसुधार गर्न आवस्यक रहेको बताए । उनले यी दुईवटा उद्देश्य प्राप्तिका लागि भूमिसुधार अनिवार्य रहेको र त्यो जुन सरकारले गरेपनि हुने बताउँदै यदि त्यसो नगरे मुलुकमा धेरै बालेनहरु जन्मिएर उनीहरुले राज्य गर्ने र राजनीतिक पार्टीहरू समाप्त भएर जाने चेतावनी दिए । “यदि त्यो ढंगले अगाडि बढ्न सकेनौ भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौ । र धेरै बालेनहरु जन्मनेछन् । बालेनहरुले राज्य गर्नेछन्, पोलिटिकल पार्टीहरूको अस्तित्व र उपादेयता समाप्त हुनेछ” खनालले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal