आज :

ओली नसच्चिएसम्म संघ-प्रदेशको चुनावमा एमालेसँग गठबन्धन सम्भव छैनः उपाध्यक्ष रावल (भिडियोसहित)

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष अक्कल बहादुर रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नसच्चिएसम्म चुनावी तालमेल वा एकता सम्भव नभएको बताएका छन् । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा फेरि कम्युनिस्टहरुबीच गठबन्धको चर्चा चलिरहेको बेला उपाध्यक्ष रावलले सो कुरा बताएका हुन् ।

संवाद डबलीसँगको कुराकानीमा उपाध्यक्ष रावलले कम्युनिस्टहरु एक ढिक्का भएको र वाम ध्रुविकरणको कुरा आवश्यक भएपनि त्यसको बाधक ओली प्रवृति भएको बताए । उनले (नेकपा) किन विघटना भयो भन्ने कुराको गम्भीर समिक्षासहित कमकमजोरीलाई सच्चाएपछि मात्रै फेरि एमालेसँग तालमेल वा एकता सम्भव हुने बताए । उनले प्रदेश र संघको चुनावमा पनि वर्तमान गठबन्धन जारी राख्नुपर्ने धारणा समेत राखे । त्यसको लागि सबै दल इमान्दर हुनुपर्ने समेत रावलले बताए ।

“नेपालमा कम्युनिस्ट आन्दोलन विभाजित हुँदा नेपाली काँग्रेसले राजनीतिक फाइदा लिन्छ भन्ने कुरा विगतदेखि अहिलेसम्म पुष्टि भइसकेको छ, नेकपा एमालेमा लागेका आम नेता कार्यकर्तालाई के बोध होस् भने यो सब ओलीका कारणले भएको हो । ओली रहेसम्म न नेकपा एमाले रहेनवाला छ न कम्युनिस्ट आन्दोलन ध्रुविकरण सम्भव छ । यो कुराको महशुस एमाले क्याम्पमा जबसम्म हुँदैन तबसम्म नेपाली काँग्रेसले राजनीतिक फाइदा लिइरहन्छ । यसको अर्थ हामी खुशी भएको छौं भन्ने होइन । तर, ओलीले आफ्नै पार्टीका नेता कार्यकर्तालाई सडकमा पुर्याए, देउवाले त होइन । ओलीभन्दा देउवा सुधारउन्मुख छन्” रावलले भने ।

देउवाले अरुको अतिस्त्व स्वीकार गरेपनि त्यो ओलीबाट सम्भव नभएको रावलले बताए । नेपाली काँग्रेसले तत्कालिन माओवादीमाथि संकटकाल लगाउने र टाउकाको मूल्य तोक्ने काम गरेपनि अहिले समिक्षा गरेको देख्न सकिने उपाध्यक्ष रावलले बताए । देउवाले गणतन्त्र, संघीयतालगायतका परिवर्तन प्रचण्डको नेतृत्वमा भएको स्वीकार गरेपनि ओलीले त्यो मान्न तयार नभएको बताए ।

एक अर्को प्रसंगमा उपाध्यक्ष रावलले आफ्नो पार्टीको अवस्था २०७४ को स्थानीय चुनावभन्दा सुधार भएको बताए । उनले गठबन्धनमा आवद्ध दलहरु इमान्दार नबन्दा परिणाम सोचेजस्तो नभएपनि समग्र अवस्था सुधार भएको दाबी गरे । उनले आफ्नो पार्टीको भोट पनि बढेको र राष्ट्रिय राजनीतिमा पनि निर्णयक शक्ति बनेको बताए । उनले आफ्नो गृहजिल्लामा पनि नेपाली काँग्रेस, नेकपा एमाले र आफ्नो पार्टी अलगअलग चुनावमा लड्दा विगतको भन्दा मत बढेको बताए । उनले अघिल्लो चुनावमा माओवादी केन्द्र तेस्रो शक्ति भएको र यसपटक दोस्रो भएको बताउँदै रावलले काँग्रेस र माओवादीबीच मुख्य प्रतिस्पर्धा भएको र एमाले धेरै ठाउँमा तेस्रोमा झरेको बताए । उनले विभिन्न समूहमा विभाजित भएको माओवादी आन्दोलन पुनर्गठन हुँदै गएको समेत बताए ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभाका प्रमुख सचेतक समेत रहेका रावलले प्रदेश र संघको चुनावमा पनि सुदूरपश्चिमा यो चुनावमा भएका कमीकमजोरीको समिक्षा गर्ने बताए । सबैलाई अस्तित्व स्वीकार गर्ने गरी बाँडफाँड गरेर चुनावमा गए ओली प्रवृतिलाई परास्त गर्न सकिने र कम्युनिस्ट आन्दोलन नयाँ शिराबाट अगाडि बढ्ने रावलले दाबी गरे ।

भिडियाे

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal