आज :

नवनिर्वाचित जनप्रतिनिधिलाई एकीकृत समाजवादीले पठायो यस्तो कडा सर्कुलर, पार्टीभित्र खैलाबैला

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई विशेष सर्कुलर जारी गरेको छ।

बुधबार पार्टी महासचिव बेदुराम भुसालले जारी गरेको सर्कुलरमा जनप्रतिनिधिहरूलाई जेठ १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न भनिएको छ।

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी यसपालि पहिलो पटक निर्वाचनमा सहभागी भएको हो। सत्ता गठबन्धनसँग मिलेर एकीकृत समाजवादीले पोखरा महानगर र हेटौंडा उपमहानगरमा मेयर जितेको छ।

देशभरि एकीकृत समाजवादीले यसपालि २० पालिकामा मेयर र अध्यक्ष जितेको छ। भुसालले जनताले ठूलो विश्वास गरी मत दिएकाले जनताको विश्वासप्रति सधैँ इमानदार रहन जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।

‘जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहोला। निर्वाचनका बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नुहोला,’ सर्कुलरमा भनिएको छ। यो सर्कुलरले पार्टीभित्र खैलाबैला मच्चिएको छ ।

वैशाख ३० गते भएको स्थानीय तह चुनावको ११ वटै उपमहानगरको मतपरिणाम सार्वजनिक भएको छ। बुधबार दिउँसो दाङको तुलसीपुर उपमहानगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ।

तुलसीपुरमा सत्तारूढ गठबन्धनलाई हराउँदै नेकपा एमालेले मेयर र उपमेयर जितेको छ। मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन्।

खड्काले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गेहेन्द्र गिरीलाई हराएका हुन्। खड्काले ३१४०८ मत ल्याउँदा गिरिले २७७१६ मत पाए। उपमेयरमा चौधरीले ३०५९७ मत ल्याएर विजयी भइन्।

पराजित भएका नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २१०६५ मत पाए। एमालेले यसअघि छिमेकी घोराही उपमहानगरमा पनि सत्ता गठबन्धनलाई हराएर जित हात पारेको थियो।

यी दुबै उपमहानगरमा २०७४ को चुनावमा पनि एमाले विजयी भएको थियो। यसपालि एमालेले दाङका दुई र बाराको कलैया उपमहानगरमा मेयर र उपमेयर जितेको छ।

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल, नेपालगन्जमा कांग्रेसका प्रशान्त बिष्ट, बुटवलमा कांग्रेसका खेलराज पाण्डेय, हेटौंडामा नेकपा (एकीकृत समाजवादी)की मीनाकुमारी लामा, जितपुर सिमरामा माओवादी केन्द्रका राजन पौडेल, जनकपुरमा कांग्रेसका बागी उम्मेदवार मनोज साह, इटहरीमा कांग्रेसका हेमकर्ण पौडेल र धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal