आज :

प्रहरी हिरासतमा मृत भेटिए कुँवर, कसरि घट्यो घटना ?

  • अनलाइन डबली

कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरको थुनुवा कक्षमा रहेका एक जना थुनुवा मृत फेला परेका छन्। कोहलपुर नगरपालिका वडा नं. १२ का ४७ वर्षीय कृष्णलाल कुँवर बुधबार बिहान मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले थुनुवा कक्ष परिसरकै शौचालयको भेन्टिलेटरमा आफ्नै टिसर्टको पासो लगाई झुण्डिएर आत्म ह त्या गरेको अवस्थामा फेला परेको बताए।

कुँवर बुधबार बिहान साढे ४ देखि ५ बजेको समयमा झुण्डिएर आत्महत्या गरेको आशंका गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार जबरजस्ती करणी आरोपपछि प्रहरीले उनलाई वैशाख १९ गते नियन्त्रणमा लिएर थुनुवा कक्षमा राख्दै आएको थियो।

प्रहरीका अनुसार कुँवर थुनामा परेको २४ दिन जति भएको थियो। प्रहरीले अदालतमा मिसिल बुझाइसकेको समयमा उनी मृत फेला परेका हुन्।

‘थुनुवा कक्षका अन्यलाई सोधपुछ गर्दा कुँवर निकै निराशावादी कुरा गरिरहन्थे भन्ने छ,’ डिएसपी न्यौपानेले भने, ‘शव पोष्टमर्टमका लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको छ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal