आज :

पोखरा महानगरको मेयरमा गठबन्धनका धनराज आचार्य विजयी, थापाले जोगाउन सकेनन् ओलीको साख

  • अनलाइन डबली

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धका धनराज आचार्य विजयी भएका छन् । गठबन्धका तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार दिएका आचार्यले नेकपा एमालेका कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गरेका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यायका अनुसार आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८ सय ४८ मत पाए ।

उपमेयरमा भने नेकपा एमालेले जितेको छ । एमालेकी मञ्जुदेवी गुरुङले ६० हजार ५ सय ४६ मत ल्याएर विजयी भएकी छन् । उनले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गरेकी हुन् । रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरेकी छन् । गुरुङले रानाभाटको भन्दा ३ हजार ८ सय ८३ मतान्तरले पराजित गरेकी हुन् । त्यस्तै राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५ हजार ६ सय ९९ मत पाएकी छन् ।

त्यसैगरी मेयर पदमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ मत प्राप्त पाएका छन् भने स्वतन्त्र लौरो चिन्हका उमेद्वार खडकराज पौडेल गनेशले ३ हजार ३० मत प्राप्त गरे । पोखराका ३३ वटा वडामध्ये नेपाली कांग्रेसले २३ वटा, नेकपा एमालेले ९ वटा र एक जना स्वत्रन्त्र उम्मेदवारले वडा अध्यक्षमा विजयी भएका छन् ।

मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएपछि एमालेका उम्मेदवार कृष्ण थापाले आचार्यलाई माला लगाइदिएर शुभकामना दिएका छन् ।

यो महानगर एकीकृत समाजवादीले आफ्नो प्रतिष्ठाको विषय बनाएको थियो । एमालेले जसरी आफू जित्ने दाबी गरेको थियो । यहाँको चुनाव एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको प्रतिष्ठासँग जोडेर हेरिएको थियो । पार्टी विभाजनपछि पनि ओलीले नेपालको भूमिकालाई बेवास्ता गर्नुको साथै कम मूल्या‌ंकन गर्दै आएका थिए । त्यसैले पनि पोखराको चुनावमा ओली र नेपालबीच भएको मानिएको थियो ।

पोखराको नतिजासँगै ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित ३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका १३ हजार ६३०, नेकपा (एमाले) का ११ हजार ७७६, नेकपा (माओवादी केन्द्र) का ५ हजार १९, जनता समाजवादी पार्टीका १ हजार ५३३, नेकपा (एकीकृत समाजवादी) का ९७९, लोकतान्त्रिक समाजवादी पार्टीका ५८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३०३, राष्ट्रिय जनमोर्चाका १५९, नागरिक उन्मुक्ति पार्टीका ९९ जना विभिन्न पदमा निर्वाचित भएका हुन् ।

यस्तै जनमत पार्टीका ९६, नेपाल मजदुर किसान पार्टीका ८५, जनता प्रगतिशील पार्टीका १७, तराई मधेस लोकतान्त्रिक पार्टीका १२, विवेकशील साझाका ११, नेपाल जनता पार्टीका १०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नौ, नेपाल लोकतान्त्रिक पार्टीका सात, राष्ट्रिय जनमुक्ति पार्टीका सात, नेपाली कांग्रेस (विपी) का सात, बहुजन शक्ति पार्टीका छ, बहुजन एकता पार्टी नेपालका पाँच, नेपाल सुशासन पार्टीका चार, नेकपा माओवादी समाजवादीका दुई, नेपाल सद्भावना पार्टीका एक र स्वतन्त्रका ३ सय ८३ जना निर्वाचित भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal