आज :

मेयरमा हारेपछि एमालेले झिक्यो यस्तो बखेडा, फेरी मतगणना गर्न माग, थालियाे यस्तो तयारी

  • अनलाइन डबली

पोखरा । मेयरमा हर्ने निश्चित भएपछि पोखरा महानगरको मतगणना गर्दा वडा नम्बर १८ को ९ मत हराएको भन्दै एमालेले बखेडा झिकेकाे छ।

मतदानपश्चात् गरिएको मुचुल्का अनुसार मतगणना गर्दा ९ मत कम भेटिएकाले पुन: मतगणना गर्न माग राखेको एमाले पोखराका अध्यक्ष दिलिप न्यौपानेले बताए।

विगतमा एमालेको किल्ला भनिएको वडा नम्बर १८ मा ४ हजार ३४८ मत खसेको मुचुल्कामा उल्लेख छ। मतगणना गर्दा भने ४ हजार ३३९ मत मात्र भेटिएको थियो।

उक्त मतगणना सकिँदा एमालेका वडा अध्यक्ष उम्मेदवारले १ हजार ६४० मत पाएको थियो भने कांग्रेसका वडा अध्यक्ष उम्मेदवारले १ हजार ६४३ मत पाएका थिए।

कांग्रेस र एमालेका वडा अध्यक्षबीचको मतान्तर जम्मा ३ मत भएकाले हराएको भनिएको ९ मत फेला परे एमालेले जित्न सक्न उनीहरूको अपेक्षा छ। एमालेले वडा नम्बर ३१ को पनि पुन:मतगणना गर्न माग गरेको छ।

उक्त वडामा पनि मुचुल्का भन्दा कम मतपत्र भेटिएको एमालेको दाबी छ। यस्तै, कांग्रेस उम्मेदवारले पनि पोखरा महानगर वडा नम्बर १ र १७ को पुन:मतगणना गर्न माग गरेको छ।

एमाले पोखराका अध्यक्ष न्यौपानेले ९ मत हराएको भनिएको वडा नम्बर १८ को फेरि मतगणना गर्नुपर्ने आफूहरूको माग रहेको बताए। वडा नम्बर ३१ मा मतान्तर फराकिलो भएकाले त्यसमा आफूहरूको अडान नरहेको उनको भनाइ छ।

पुन: मतगणना माग राख्दै एमालेले मतगणनामा खटिएका आफ्ना प्रतिनिधि फिर्ता बोलाएपछि अहिले पोखराका मतगणना स्थगित भएको छ।पोखरा महानगर वडा नम्बर २२, ३१ र ३३ नम्बरको मतगणना जारी रहँदा स्थगित भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना फेरि सुरू गर्न अहिले सर्वदलीय बैठक राखेको छ। बैठकको निर्णय अनुसार नै मतगणना अघि बढाउने कार्यालयले जनाएको छ। पोखरा महानगरमा खसेको कुल १ लाख ४३ हजार २२६ मतमध्ये हालसम्म १ लाख ३९ हजार ४११ मतगणना सकिएको छ।

अब पोखरामा ३ हजार ८१५ मत गन्न बाँकी छ। जसमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले ५७ हजार ७२ मत पाएका छन्।

उनका प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार कृष्ण थापाले ५१ हजार ५८७ मत प्राप्त गरेका छन्। अहिलेसम्मको मत परिणाम अनुसार धनराजले ५ हजार ४८५ मतले अगाडि छन्।

गणना हुन बाँकी वडा नम्बर २२, ३२ र ३३ बाट सबै मत कृष्ण थापाको पक्षमा गए पनि धनराज विजयी हुन्छन्। तर, ती वडामा पनि धनराजले अग्रता लिइरहेका छन्। वडा नम्बर ३३ धनराजको आफ्नै वडा हो।

उपमेयरमा पनि मञ्जुदेवी गुरूङले ५९ हजार ७० मत र कांग्रेसकी कोपिला रानाभाटले ५५ हजार ६० मत प्राप्त गरेका छन्। यहाँ ३ हजार ९९० मतको अन्तर छ।

गन्न बाँकी ३ हजार ८१५ मत नै कोपिलाले पाउँदा पनि विजयी हुने सम्भावना अन्त्य भएको छ। सबै मत गनिसकेपछिमात्रै आयोगले आधिकारिक घोषणा विजेता घोषणा गर्नेछ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal