आज :

रुपन्देहीकाे देवदहकी पवित्रा जाेशी ६ दिनदेखि सम्पर्कविहीन, के भन्छन् श्रीमान् ?

  • अनलाइन डबली

रुपन्देही । जिल्लाको देवदहकी एक महिला ६ दिनदेखि सम्पर्कविहीन भएकी छन् । रुपन्देहीको देवदह नगरपालिका–५ की २८ वर्षीया पवित्रा जोही जेठ ४ गते देखि सम्पर्कविहिन भएको परिवारले जनाएका छन् ।

जोशीका श्रीमान प्रेमनारायण भण्डारीका अनुसार पवित्रा भैरहवा काम गर्न जान्छु भनेर घरबाट निस्किएकी थिइन् । ६ दिनसम्म पनि श्रीमती सम्पर्कमा नआएपछि भण्डारीले खोजी कार्यको लागि सहयोग मागेका छन् ।

पछिल्ला दिनमा महिला हिं’साका तथा यौन दुव्र्यवहारका घटना बढिरहेका छन् । सुन्दरी प्रतियोगीताकी सहाभागीलाई मनोज पाण्डेले घरेको शोषण तथा दुव्र्यवहारको घटना सेलाउन नपाउँदै राजधानीको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकले छात्रालाई याैन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन् ।

आन्दोलित विद्यार्थीले प्रहरी वृत्त गौशालामा नाराबाजी गरिरहेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान गर्न कजेल, विद्यार्थी र अभिभावकसँग छलफलको प्रयास भइरहेको जनाएको छ ।

विद्यार्थीको आन्दोलनका कारण अहिले गौशाला चाबहिल क्षेत्रमा गाडीको आवागमन प्रभावित भएको छ । उनीहरुले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

यसैबीच  विद्यार्थीलाई दु र्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । कलेजका शिक्षक जनार्दन अधिकारीलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको हाे । प्रहरीले छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा बोलाएको थियो । छलफलकाे लागि भन्दै वृत्तमा पुगेका अधिकारीलाइ प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

प्रहरीका अनुसार अधिकारीविरूद्द जाहेरी अाइसकेकाे छैन । जाहेरी अाएपछि थप अनुसन्धानकाे प्रक्रिया अघि बढाइने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal