आज :

भरतपुरको मेयरमा रेणु दाहाल दोस्रो पटक विजयी, खुशीयाली मनाउन भारतपुरबासी सडकमा

  • अनलाइन डबली

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल विजयी भएकी छन् । मत गणना जारी रहेपनि रेणु विजयी भएकी हुन् । गणना गर्न बाँकी भन्दा उनले मतान्तर बढी बनाएर सम्पूर्ण मत गणना नहुँदै विजयी भएकी हुन् ।

सोमबार राति भरतपुर कूल खसेको मत १ लाख २७ हजार ८३९ मध्ये १ लाख १६ हजार ६६६ गणना भइसकेको छ । जसमा रेनु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार ५८३ मत पाएका छन् । दाहाल र सुवेदीको मतान्तर ११ हजार ४५७ रहेको छ । जुन गणना गर्न बाँकी रहेको मतभन्दा बढी हो ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार २६३ मत पाएका छन् । यस्तै महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी पनि मत गणना गर्न बाँकी हुँदा नै विजयी भएका छन् । अधिकारीले ४७ हजार ९५८ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले २७ हजार ९२२ पाएकी छन् । अधिकारीले २० हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् ।

रेणुले जित्ने पक्का भएसँगै भतरपुबासी खुशीयाली मनाउन सडकमा निस्किएका छन् ।

यसैबीच पाेखरा महानगरपालिकामा अहिलेसम्म १ लाख ३४ हजार ३ सय ५१ मतगणना भएकाे छ । पछिल्लाे मत परिणाम अनुसार गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नेकपा समाजवादीका धनराज आचार्यले ५४ हजार ६ सय ७८ मत पाउनु भएकाे छ । त्यस्तै मेयर पदका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ४९ हजार ७ सय ८६ मत पाउनु भएकाे छ । आचार्य थापाभन्दा ४ हजार ८ सय ९२ मतले  अगाडि छन् ।

यस्तै, उपमेयरतर्फ नेकपा एमालेकी मञ्जुदेवि गुरुङकाे अग्रता कायमै छ । उहाँले ५६ हजार ९ सय ६६ मत पाउनु भएकाे छ भने नेपाली कांग्रेसकी काेपिला रानाभाटले ५२ हजार ९ सय ५९ मत पाएकी छन् । रानाभाट ४ हजार ७ मतले पछाडि छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal