आज :

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए संघर्षमा उत्रिने पूर्व सुरक्षाकर्मी परिषदको चेतावनी

  • अनलाइन डबली

काठमाडौँ । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । परिषदले सोमबार एक विज्ञप्ति जारी गरेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा हरेक क्षेत्रमा मूल्य बढ्ने र नागरिकको जीवनयापन कठिन हुने बताएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएको छ । भारतले पेट्रोलियम पदार्थको मूल्य न्यून गराउन कर समेत घटाउने क्रम सुरु गरेको तर नेपालमा भने कर घटाउनको साटो मूल्यवृद्धि गरेको भन्दै परिषदले आपत्ति जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि न्यायोचित नभएको भन्दै सरकार अभिभावकीय दाष्त्विबाट पन्छिएको परिषदले बताएको छ । परिषदका अध्यक्ष कमल बहादुर राउत, महासचिव पुष्पराज सुवेदी र प्रवक्ता हेम शंंकर गिरीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छिमेकी मित्र राष्ट्र भारतमा पेट्रोलियम पदार्थको मूख्य न्यून गराउन कर समेत घटाउने क्रम भइरहेको अवस्थामा हाम्रो देशमा कर घटनोको साटो मूल्यवृद्धि गर्ने र कर पनि बढाउने जस्ता कार्य निश्चिय पनि सरकारको न्यायोति कदम नदेखिएको र अभिभावकीय दायित्वबाट समेत पन्छिएको प्रष्ट रुपमा देखिएको हुँदा तत्कालि मूल्यवृद्धि फिर्ता लिइयोस् । यदि फिर्ता लिई नागरिकको जीवनयापनमा सहजता र सरलता ल्याउने कार्य नभएमा परिषद आगामी दिनमा थप संघर्षका कार्यक्रम घोषण गर्न बाध्य हुने समेत सरकारलाई जानकारी गराउँछौं” विज्ञप्तिमा भनिएको छ ।

आजै परिषदले काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई मूल्यवृद्धि फिर्ता माग पत्र बुझाएको थियो । परिषदका प्रवक्ता गिरीले बुझाएको ध्यानाकर्षण पत्र बुझाउँदै मूल्यवृद्धि गरेर सरकारले आम नागरिकको ढाड सेक्न काम गरेको भन्दै तत्कालि फिर्ता नलिए आफूहरु सडक संघर्षमा आउन बाध्य हुने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal