आज :

काठमाडौंको ताजा परिणामः ४० हजार मतसहति बालेनको अग्रता, दोस्रोमा सिर्जना, स्थापितले कति मत पाए ?

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ । सुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् । जारी मतगणनाको पछिल्लो नतिजाअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले झण्डै ४० हजार मत ल्याएका छन् । उनले अग्रता झन फराकिलो बनाउँदै लगेका छन् ।

गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले २२ हजार ७२ मतका साथ दोस्रो नम्बरमा छन् । नेकपा एमालेका केशव स्थापितलाई सिर्जनाले पछि  पारेकी छन् । उनले स्थापितसँगको मतान्तरलाई फराकिलो बनाउँदै लगेकी छन् । शनिबार साँझसम्म १-२ सय मतले अगाडि रहेकी सिर्जनाले आइतबार विहानसम्म पुग्दा ५०१ मतले अघि छन् । स्थापितले २१ हजार ५७१ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार बालेन साह कांग्रेसकी सिर्जना सिंहभन्दा १६ हजार ९३४ मतले र एमालेका केशव स्थापित भन्दा १७ हजार ४३५ मत अन्तरले अगाडि छन् ।

वडा नम्बर ७, ९, १०, ११, १२, २३? २४, २५ र २६ वडाको मतको अन्तिम नतिजा आउन बाँकी छ ।

मत गणना जारी रहेको पोखरा महानगरपालिकामा मेयरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य र उपमेयर उम्मेदवार मञ्जु देवी गुरुङको अग्रता कायम छ । आचार्य एकीकृत समाजवादीका र गुरुङ नेकपा एमालेका उम्मेदवार हुन् ।

आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई ३ हजार २ सय ६० मत अन्तरले पछि पारेका छन् । एक लाख १ हजार १२१ मत गणना हुँदा आचार्यले ४० हजार ४३४ र थापाले ३७ हजार १७४ मत पाएका छन् ।

यसैगरी प्रमुख पदमा राप्रपाका उम्मेदवार शंकर खरालले ४ हजार ५८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस)ले २ हजार ६१३ मत पाएका छन् ।

उपमेयर उम्मेदवार एमालेकी गुरुङले कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट भन्दा १ हजार ६१२ मत बढी पाएकी छन् । मञ्जुको ४२ हजार ३१६ र कोपिलाको ४० हजार ७०४ मत छ । राप्रपाकी रञ्जना कुमारी सेन पौडेलको पक्षमा ४ हजार ५०९ मत परेको छ ।

यसैबीच जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा काँग्रेसका बागी उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै छ । आइतबार विहानको मत परिणाम अनुसार उनले ९ हजार ७७४ मत ल्याएका छन् ।

यस्तै एमालेले उम्मेदवार शिव शंकर साहले ७६०४ मतस​हित मनोजलाई पछ्याई राखेका छन् । लोसपाका मनोज चौधरी ३ हजार ९५८ मतसहित तेस्रो स्थानमा छन् भने चौथो स्थानमा रहेका सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार लाल किशोर साहले ३ हजार ३६१ मत छ ।

यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो ३ हजार ८५ मत पाएका छन् । उपमेयरमा गठबन्धनबाट काँग्रेसका किशोरी साह १० हजार ९९५ मतसहित अग्रता लिरहेका छन् र उनले एमालेका रुणा देवी झाले ८६६१, लोसपाका रिता कुमारी मिश्रले ४०९३ र स्वतन्त्र निर्मल कुमार चौधरीले २९०१ मत पाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal