आज :

विहानै भरतपुरको मत परिणामः रेणुले ८ हजार बढी मतले सुवेदीलाई पछि पारिन्

  • अनलाइन डबली

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाकोे जारी मत गणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ । आइतबार विहानसम्म आउँदा रेणुले मतान्तरलाई फराकिलो बनाउँदै लगेकी छन् । विहानसम्म रेणुले करिब ८ हजार बढी मतले लिड गरिरहेकी छन् ।

मतगणना स्थलमा रहेका माओवादी केन्द्रका एक नेताका अनुसार रेणुले करिब ३६ हजार मत पाएकी छन् । नेकपा एमालेका सुवेदीले २७ हजार मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८ सय २३ मत पाउनु भएको छ ।

यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी राप्रपाकी हिमला गुरुङभन्दा १५ हजार ३ सय ९० मतले अगाडि हुनुहुन्छ । अधिकारीले अहिलेसम्म ३७ हजार २ सय ७३ मत पाउँदा गुरुङले २१ हजार ८ सय ८३ मत पाउनु भएको छ । तर, यसको औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । रेणुले करिब ३२ हजार मत पाएकी छन् भने नेकपा एमालेका २४ हजार बढी मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको मत ११ हजार नजिक पुगेको बताइएको छ ।

यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको अग्रता कायमै छ ।

यसैबीच सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा गठबन्धनका हेमकर्ण पौडेल विजयी भएका छन् । उनले ३१ हजार ४९ मत ल्याएर विजयी भएृका हुन् ।  उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मेयरका उम्मेदवार यामकुमार सुब्बाले २८ हजार ३१ मत मात्रै पाएका छन् । उनी पौडेलभन्दा ५ हजार १८ मत पराजित भएका हुन् ।

उपमहानगरकाे उपमेयरमा भने एमालेकी उम्मेदवार सङ्गीता कुमारी चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी भएकी छन् । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का केशव कुमार विष्टले १८ हजार ३१ मत ल्याए । इटहरीमा ७३ हजार ८ सय २३ मत खसेको थियो ।

गठबन्धन भएपनि इटहरीमा नेकपा एमालेले २० वडामध्ये १४ वडा जितेको छ भने ५ वडा कांग्रेसले तथा एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन् । २०७४ को चुनावमा १२ वडा जितेर उपमहानगरमा बहुमत बनाएको कांग्रेसले यसपटक गठबन्धन भएपनि ५ वटा मात्रै वडा जितेको छ ।

यसैबीच धनगढी उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार गाेपाल हमालले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । उनी जित नजिक पुगेका छन् । अहिलेसम्म ५७ हजार बढी मत गन्दा हमालले १२ हजार मतकाे अग्रता बनाएका छन् । हमालले २५ हजार बढी मत पाएका छन् भने नेपाली कांग्रेसका नृपबहादुर वडले वडले १३ हजार मात्रै पाएका छन् । नेकपा एमालेका रणबहादुर चन्दले ७ हजार ३८६ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा एमालेकी कन्दकला रानाले १२ हजार ५९४ मत पाएकी छन् । उनले नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीलेाई पछि पारेकी छन् । अधिकारीले १२ हजार मत पाएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal