आज :

युक्रेनको मारियोपोल सहरमा रूसले गाड्याे विजयकाे झण्डा, रूसी सेना किभतिर अघि बढ्याे

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेनको मारियोपोल सहरमाथि पूर्ण जितको हासिल गरेको घोषणा गरेको छ । युक्रेनी बन्दरगाह सहर मारियोपोललाई पूर्णरुपमा कब्जा लिन रुसी सैनिक सफल भएका छन् । आजोभ्स्टाल स्टील उद्योगको रक्षा गरिरहेका बाँकी सैनिकहरूले आत्मसमर्पण गरेसँगै रुसले मारियोपोलमाथि पूर्ण विजय भएको घोषणा गरेको हो । अब मारियोपोलमा युक्रेनी सैनिकको उपस्थिति छैन ।

रुसले पटक पटक आत्मसमर्पण गर्न भनेपनि विशाल औद्योगिक क्षेत्रको बंकरमा लुकेर युक्रेनी लडाकुहरूले प्रतिरोध गरेका कारण मारियोपोल पूर्ण रुपमा नियन्त्रण लिन सकेको थिएन ।

शुक्रबार मात्रै करिब ६ सैनिकले सामुहिक आत्मसमर्पण गरेका थिए । रुसी रक्षा मन्त्रालयले ५३१ युक्रेनी लडाकुहरू त्यहाँबाट हटेपछि मारियोपाल र सो स्टील उद्योग अब पूर्ण रुपमा मुक्त भएको बताएको छ । युक्रेनी लडाकुहरू लुकिरहेको उक्त उद्योगका भूमिगत क्षेत्रहरू पनि रुसी सशस्त्र बलको पूर्ण नियन्त्रणमा आएको रुसद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको बीबीसीले जनाएको छ ।

मारियोपोल रुसी सेनाले नियन्त्रणमा लिएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ खटेका अन्तिम सुरक्षाकर्मीहरूलाई उक्त स्थान छाड्न आदेश दिइएको बताएका छन् । एउटा टेलिभिजन च्यानलसँग कुरा गर्दै जेलेन्स्कीले सैनिक कमान्डबाट उनीहरूलाई स्पष्ट सन्देश दिएको र ज्यान जोगाउन त्यहाँबाट बाहिर जान भनेको बताए । उनीहरु हप्तौँसम्म आजोभ्स्टाल क्षेत्र पूरै घेराबन्दीमा रहँदै आएको थियो।

रुसले पटक पटक आत्मसमर्पणको लागि दिएको चेतावनीको पालना नगरेपछि उक्त क्षेत्रलाई घेराबन्दी गरेको थियो । युक्रेनी सुरक्षाफौजका सदस्यले आत्मसमर्पण गर्न नमान्दा रुसले उक्त रणनीतिक बन्दरगाह सहरमा पूर्ण नियन्त्रण भने कायम गर्न सकेको थिएन। उक्त क्षेत्रमा मरीन, आजोभ रेजिमन्टसहितको राष्ट्रिय गार्ड, सीमागार्ड, प्रहरी र भूमिरक्षा सैनिक दस्ता खटिएको थियो । घट्दो खाद्यपदार्थ र पानीको अभावमा उनीहरूले भूमिगत बङ्कर र सुरुङमा घाम समेत नदेख्न नपाई हप्तौँ दिन बिताएका थिए।

सो क्षेत्रमा दोस्रो विश्वयुद्धको क्रममा तत्कालिन सोभियत संघका सेनाले चार वर्ग माइल क्षेत्रफलमा परमाणुयुद्धबाट समेत ज्यान जोगाउन मिल्ने ढाँचामा बंकरहरु निर्माण गरेको थियो । त्यसैमा युक्रेनी सेनाको अन्तिम टुकुटी लुकेर प्रतिरोध गरिरहेको थियो । सो क्षेत्रमा रहेका सबै युक्रेनी सेनालाई रुसी बस र एम्बुलेन्सहरूले लगेको बताइएको छ । शुक्रवार गरी २,४३९ युक्रेनी सैनिकहरूले उक्त स्टील उद्योग परिसरबाट आत्मसमर्पण गरेको रुसले बताएको छ । शुक्रवार बाहिरिएका सैनिकहरूलाई कहाँ लगियो भन्ने रुसले नखुलाएपनि उनीहरुलाई सुरक्षित क्षेत्रमा युद्धबन्दीको रुपमा राखिएको छ ।

रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको भिडिओमा सो उद्योगबाहिर निरस्त्र पुरुषहरू लाम लागेर रुसी सैनिकहरूतर्फ गएको र आफ्नो नाम भनिरहेको जस्तो देखिएको तर उक्त भिडियो आधिकारिक रुपमा पुष्टी गर्न नसकेको बीबीसीले जनाएको छ ।

युक्रेनी अधिकारीहरूले उनीहरूलाई बन्दी साटासाट गर्दा रिहा गरिने अपेक्षा गरेका छन्। तर त्यसबारे रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती सैनिकहरूलाई सम्बन्धित अन्तर्राष्ट्रिय कानुनअनुरूपु व्यवहार गरिने बताएका छन्। मङ्गलवार रुसी सांसदहरूले आजोभ रेजिमेन्टका लडाकुहरूलाई नाजी अपराधीको सङ्ज्ञा दिनुपर्ने माग अघि सारेका थिए।

यसैबीच रुसका महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतलाई सो सैन्य एकाइलाई आ तङ्कवादी सङ्गठन का रूपमा घोषणा गर्न माग गरेको छ।

यसैबीच रूसी सेनाले मारियाेपाेलमा विजयकाे झण्डा फहराएकाे छ । अब राजधानी किभतिर अघि बढ्न सक्ने बताइएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal