आज :

टीकापुरमा रेशम चौधरीको पार्टीले जित्यो मेयर

धनागढी । कैलालीको टीकापुरमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले मेयर जितेको छ। जेलबाटै पार्टी खोलेका चौधरीको दल स्थानीय तह निर्वाचनमा सहभागी भएकामा टीकापुरमा जितको खाता खोलेको हो।

उनको पार्टीबाट मेयरको उम्मेदवार रहेका रामलाल डगौरा थारु ९ हजार ६४२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका नवराज रावल ६ हजार ६४२ मत ल्याएर पराजित बने ।

उपमेयरमा भने माओवादी विजयी भएको छ। माओवादीका खडकबहादुर शाह विजयी भएका हुन् । उपमेयरमा चौधरीको पार्टी भने पराजित बन्यो ।

उता ललितपुर महानगरपालिका वडा नम्बर १० मा स्वतन्त्र उम्मेदवार बनेका नरसिंह व्यञ्जनकार पराजित बनेका छन् । यसअघि १० पटकसम्म वडाध्यक्षमा निर्वाचित बनेका उनी यस पटक भने पराजित बनेका छन्।

११ औं पटक वडाध्यक्ष निर्वाचित हुने उनको योजनालाई काँग्रेसका उम्मेदवारले ब्रेक लगाइदिए । वडा नम्बर १० को अन्तिम मतपरिणाम अनुसार व्यञ्जनकारले ५४३ मत पाउँदा नेपाली काँग्रेसका उम्मेदवार रविन मान व्यञ्जनकारले ८२५ मत पाए ।

यस्तै राप्रपाका वीरबहादुर तामाङले ८० तथा माओवादीका रघुनाथ दुलालले ४७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ११ पटक पनि अध्यक्ष बन्ने योजनामा रहेका व्यञ्जनकार ८१ वर्ष पुगिसकेका छन् । उनी २०२९ सालदेखि पटक पटक गरेर १० पटक वडाध्यक्ष बनिसकेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal