नेकपा (एमाले)को तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेद्वार केशव स्थापित २९ नम्बर वडामा चुनावी अभियानमा आएका हुन् । विभिन्न विवादास्पद अभिव्यक्तिले विवाधित हुँदै आएका स्थापित सोमबार २९ वाडामा एमालेको तर्फबाटका वडा अध्यक्षका उम्मेद्वार शिवराम राजवंशी श्रेष्ठ र उनको टिमलाई जिताउन र आफूलाई भोट हाल्न अनुरोध गर्न पुगेका हुन् ।
यसअघि नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा कुश ढकालले झिनो मतले विजय भएका थिए, यस पटक पनि उनै कुश ढाकाललाई पार्टीले टिकट दिएपछि काँग्रेसका स्थानिय कार्यकर्ता रुष्ट भएको पाईन्छ । यता नेकपा माओवाद(केन्द्र)को तर्फबाट वडा अध्यक्षको उम्मेद्वारकारुपमा कृष्णमान श्रेष्ठ सहितको टिम रहेको छ । यसर्थ यस वडामा एमाले र माओवादीको संवाभावन रहेको स्थानिय बताउँछन् ।
एमाले वाडा सदस्यका उम्मेद्वारहरुमा महिला सदस्यमा अम्बिका पाठक उप्रेति र रोमी पुजारी, खुल्ला सदस्यमा दिनेश महर्जन र भरत राज मैनाली रहेका छन् ।