
काठमाडौं । कोरोना भाइरस संक्रमण नेपाल घटेपनि छिमेकी चीन र भारतमा संक्रमण दर फेरि बढेको छ । चीनका केही ठूलो शहरमा लकडाउन जारी गरिएको छ । तर लकडाउन पहिलेजस्ताे नभएको बताइएको छ ।
केही सातादेखि भारतमा संक्रमण घटेपनि संक्रमणदर फेरि उकालो लागिरहेको छ । गएको २४ घण्टामा भारतमा ३ हजार २ सय ३९ नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै ५४ जना संक्रमितको ज्यान गएको छ ।
देशमा कोरोना सङ्क्रमितको सङ्ख्यामा केही कमी आउँदै सोमबार दुई हजार ५६८ नयाँ सङ्क्रमित भेटिए पनि मंगलबार पुनः कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ ।
कोरोना संक्रमितको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । हाल देशमा १८ हजार ३१७ संक्रमितको उपचार भइरहेको छ । सोमबार देशमा १३ हजार १३७ सक्रिय कोरोना संक्रमित रहेका छन् ।
योसँगै देशको सङ्क्रमण दर १.२२ प्रतिशत पुगेको छ । दिल्ली कोरोनाको हटस्पट बनेको छ, विगत केही दिनदेखि यहाँ एक हजारभन्दा बढी मामिला रिपोर्ट भइरहेको छ। मंगलबार दिल्लीमा १ हजार ४१४ नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
यसअघि राजधानीमा १ हजार ७६ जनामा संक्रमण देखिएको थियो । अघिल्लो दिन दिल्लीमा कोरोनाबाट एक बिरामीको मृत्यु भएको थियो । यहाँ कोरोना संक्रमितको संख्या ५ हजार ९८६ पुगेको छ ।
नेपालमा पछिल्ला हप्तामा कोरोना संक्रमण दर घटेपनि जोखिम कायमै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गरेर कोरोना संक्रमणको जोमिख कायमै रहेको भन्दै सतर्क रहन भनेको छ । कोरोना संक्रमण घटेको भन्दै स्वास्थ्य मापदण्डको उलंघन नगर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।
नेपालमा यही ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । चुनावमा भिडभाड तथा सभा समारोह हुने र एक ठाउँबाट अर्को ठाउँसम्म मानिसहरु जाने भएकोले पनि कोरोना संक्रमणको जोखिम बढेको विज्ञहरुले बताएका छन् ।