आज :

माओवादी अब विकास र समृद्धिको पहरेदारः महरा

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले माओवादी परिवर्तनको बहाक भएको बताउँदै अब विकास र सृमद्धिको पहरेदार बन्ने बताएका छन् । महराले दाङको राजपुर गाउँपालिकामा चुनावी भेलालाई सम्बोधन गर्दै आफूहरुले जितेमा मुहारै फेरिने बताएका छन्।

“माओवादी परिवर्तनको बहाक भयो। अब विकास र समृद्धिको पहरेदार बन्ने छ। त्यसैले व्यवस्था फेरियौ अवस्था फेर्न माओवादीलाई भोट भनेर नारा नै बनाएका छौं” महराले भने । उनले राजपुरको विकास गर्न माओवादीलाई भोट दिन समेत आग्रह गरेका छन् । माओवादीका उम्मेदवार चक्रबहादुर खड्का ‘शिखर’चुनाव जिताएमा राजपुरको सम्बन्ध सिंधै काठमाडौंसंग जोडिने महराले दाबी गरे।

महराले राजपुरको सम्बन्धलाई काठमाडौँ नजोडिएकै कारण जनताको समस्या जस्ताको त्यस्तै रहेको बताउँदै भने, “अहिलेसम्म राजपुरको सम्बन्ध काठमाडौंसंग कहिलै जोडिएन। त्यसैले जहिलै दाङको विकट पालिका भई नै रहयो’ महराले भने,‘यस पटक शिखर कमरेडलाई जिताउनुभयो भने राजपुरको सम्बन्ध काठमाडौसँग जोडिने छ।” महराले युद्धकालको चर्चा गर्दै महराले जनयुद्धभरी भारत जाँदा राजपुरको क्षेत्र भएर आउँने जाने गरेको स्मरण समेत गरे ।

महराले पुराना कम्युनिस्ट नेताहरुलाई भेटेर चुनावमा सघाउन आग्रह गरेका छन्। महराले राजपुरको गङ्दी, सालभौरी, जंग्रहवा, नौसरा, दुलैया, खरदरिया वेलामा पुगेर टोल भेलालाई सम्बोधन गरेका थिए। महरा चुनाव अवधिभर दाङ र रोल्पाका स्थानीय चुनावी प्रचारमा जुट्ने भएका छन्। वैशाख ३० गते भोट हालेर मात्रै महरा काठमाडौं फर्किने भएका छन्। माओवादीबाट अध्यक्षमा खड्का र उपाध्यक्षमा पुष्पा यादव उठेकी छिन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal