आज :

उत्तरआधुनिकतावाद प्रतिक्रियावादी धारा होः वैद्य

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले माओवाद सार्वभौम विचार भएको बताएका छन् । शुक्रबार राजधानी संवाद डबलीमा वामपन्थी बुद्धिजीवी डा. ऋषिराज बरालको ‘सार्वभौम माओवाद र उत्तरमार्क्सवादी विभ्रम’ नामक पुस्तक विमर्श कार्यक्रममा उनले सो बताएका हुन् ।

प्रमुख बक्ताका रूपमा धारणा राख्दै माओवादी नेता किरणले माओवाद माक्र्सवाद लेनिनवादबाट अलग नरहेको र सम्पूर्ण किसिमका प्रतिक्रियावादी विचार र शक्तिका साथै उत्तरमाक्र्सवाद र संशोधनवादका विरुद्ध माओवादले नै सङ्घर्षको नेतृत्व गरिरहेको पनि बताए ।

पुस्तक माओका सबै योगदानहरूको स्थापना र सकारात्मक मूल्याङ्कनमा केन्द्रित रहेको प्रस्ट पार्दै माक्र्सवादी चिन्तक किरणले भने, ‘अहिलेको सबैभन्दा प्रतिक्रियावादी धारा उत्तरआधुनिकतावाद हो । यसका विरुद्ध मालेमावादले नै लड्न र विजय हासिल गर्न सक्छ ।’

अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवम् स्कुलिङ विभाग प्रमुख सुदर्शनले जनमतसङ्ग्रहमा जाने बाटो अन्ततः संसद्वादमा जाने बाटो हो भनेर बरालले आफ्नै पार्टीभित्र चलिरहेको वैचारिक बहस उठाएजस्तो लागेको र त्यो सत्य नभएर विभ्रम मात्र होस् भन्ने अपेक्षा व्यक्त गरे । आफूलाई प्रचण्ड–बाबुरामहरुले पूँजी पढे होलान् जस्तो लागेको तर उनीहरुले त्यो गहिरिएर नपढेको अहिले आएर प्रमाणित भएको नेता सुदर्शनले बताए ।

मनमोहन अधिकारीले कालो बोको काट्नु र अमूक नेताले हातमा तान्त्रिकको औँठी बाँध्नु सबै वैचारिक पलायनको पराकाष्टा भएको उनको भनाइ थियो । गलत कुराको विरोध गरिराख्नुपर्ने र विकल्प दिइराख्नुपर्नेमा जोड दिँदै नेता सुदर्शनले नयाँ गर्ने भनेर अघि बढेका विप्लवले पनि संसद्वादबाटै समाजवादको विकल्प खोजेर पुरानो बाटो रोजेको प्रस्ट पारे ।

कार्यक्रममा लेखक डा.बरालले नेपालमा अझ पछिल्लो पुस्ता माक्र्सवादी र कम्युनिष्ट विचारप्रति विभिन्न विभ्रमका साथै वितृष्ण जागेकोले त्यसलाई चिर्न सो किताब लेखेको बताए । नेपाली कम्युनिष्ट नेताहरुमा अध्ययन भन्दा टिपन टापनको संस्कारले जरा गाडेकोले त्यसलाई सच्याए मात्रै वास्तविक नेता बन्ने धारणा व्यक्त गरे ।

विश्लेषक रोशन जनकपुरीले सो पुस्तकको समालोचना गर्दै सारमा किताब समय सान्दर्भिक र पढ्नै पर्ने रहको बताएका थिए । पुस्तक जागरण बुक हाउसले प्रकाशन गरेको हो । जागरण बुक्स हाउसका अध्यक्ष गणेश चितौरियाले पछिल्लो समय किताब प्रकाशनको क्षेत्रमा पनि निकै नै समस्या आए पनि लेखक डा.बरालको वैचारिक पुस्ताका यो समयमा प्रकाशन गर्नै पर्ने भएकोले बजारमा ल्याएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal