आज :

रुसी सेनाद्वारा युक्रेनमा २४ घण्टामा २५ मिसाइल हमला, विश्वयुद्ध भए उत्तर कोरिया सहभागी हुने

  • अनलाइन डबली

काठमाडौँ । रुसले युक्रेन सैन्य कारवाही थालेको आज ५४ दिन भएको छ । टर्की शान्तिवार्ताप्रति युक्रेन इमान्दार नभएको भन्दै अघि बढेको रुसी सेनाले राजधानी किभ, मारियोपोल, खार्किव, ओडेसालगायतका शहरमा हमला तेज बनाएको छ ।

युक्रेनका राजधानी किभ शहर नजिक पुगेको रुसी सेना टर्की बार्तालगत्तै पछि हटेको थियो । तर, शान्ति वार्तापछि युक्रेन इमान्दार नभएर उल्टै रुसविरुद्ध मिडिया वार गरेपछि रुसी सेना पुनः अघि बढेको हो । पछि हटेसँगै रुसी सेनाले नियन्त्रण लिएका क्षेत्रमा पुनः युक्रेनी फौजले उपस्थिति जनाएका थिए । बुचा शहरमा भएको लडाइँमा रुसी सेनाले नरसंहार मच्चाएको भन्दै युक्रेनले प्रपोगण्डा मच्चाएपछि रुस आक्रोसित बनेको थियो ।

पछिल्लो २४ घण्टामा रुसी सेनाले हवाई र जमिनबाट युक्रेनमाथि हमला थप तेज बनाएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले रुसले २४ घण्टामा २५ मिसाइल प्रहार गरेको बताएका छन् । हमलाबाट राजधानी किभमा अहिलेसम्मकै ठूलो क्षति पुगेको बताइएको छ । किभाट नजिक रहेका इरपिन शहरमा पनि रुसी सेनाले महला जारी राखेको छ । इरपिन शहर राजधानीबाट सबैभन्दा नजिक पर्छ । रुसले दुई दिन पहिले गरेको हमलाले युक्रेनको मिसाइल संरचना र गोदाम पूरै ध्वस्त भएको थियो भने गएराति भएको हमलामा राजधानी किभमा रहेको हतियार भण्डार ध्वस्त भएको रुसी रक्षा मन्त्रालयले दाबी गरेको छ ।

उता मारियोपोल शहरमा रहेको युक्रेनी फौजलाई आत्मसमर्पण गर्न रुसी सेनाले समय सीमा दिएको थियो । तर, सो समयभित्र केही युक्रेनी सेनाले आत्मसमर्पण गरेपनि एउटा सानो समूहले प्रतिरोध गरिरहेको छ । रुसले आत्मसमर्पण नगरे स्टिल कम्पनीमा लुकेर प्रतिरोध गरिरहेको टीममाथि भिषण हमला गर्ने चेतावनी दिएको थियो । युक्रेनी प्रधानमन्त्रीले मारियोपोलमा सेनाले लडिरहेको बताएका छन् ।

यसैबीच युक्रेनलाई सैन्य सहयोग नगर्न पश्चिमा देशहरुलाई रुसले औपचारिक रुपमा चेतावनी दिएको छ । तर, त्यसको बेवास्ता गर्दै अमेरिकाले युक्रेनलाई दिएको हातहतियार युक्रेन पुगेको छ । यसले रुसलाई थप आक्रोसित गरेको बताइएको छ । हिजै रुसी सेनाले पश्चिमा देशहरुले दिएको हतियार बोकेको एउटा विमानलाई क्षेप्यास्त्र प्रहार गरेर खसालेको दाबी गरेको थियो ।

पश्चिमा देशहरुसँग युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले परमाणु हमला गर्न सक्ने बताएका छन् । जेलेन्स्कीले रुसविरुद्ध नाकाबन्दी कडाई गर्न आग्रह गरेका छन् । रुसको परमाणु हमला युक्रेनको लागि मात्रै नभएर पश्चिमा देशहरुलाई लागि खतरा भएको जेलेन्स्कीले बताउँदै त्यसको प्रतिवाद गर्न आग्रह गरेका छन् । जेलेन्स्कीले आफूले मागेअनुसारको हतियार नदिएको भन्दै नेटोसँग आक्रोस समेत व्यक्त गरेका छन् ।

यसैबीच जनवादी गणतन्त्र कोरियाले नयाँ अत्याधुनिक प्रविधिसहितको क्षेप्यास्त्र सफल परीक्षण गरेको छ । तेस्रो विश्वयुद्धको चर्चाबीच कोरियाका सर्वोच्च नेता किम जोङ उनको प्रत्यक्ष उस्थितिमा नयाँ ब्यालेष्टिक क्षेप्यास्त्रले परीक्षण गरिएको हो । यसले उत्तर कोरियाको शक्तिलाई देखाएको छ । नयाँ क्षेप्यास्त्रले परणमु हितयार बोक्न सक्ने बताइएको छ ।

नेता उनले सत्ता समालेको दश वर्ष पूरा भएको अबसरमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा पनि उत्तर कोरियाले आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको थियो । अन्तर्राष्ट्रिय संचारमाध्यमले उत्तर कोरियाको पछिल्लो शक्ति प्रदर्शनलाई तेस्रो विश्वयुद्ध भएमा सहभागी हुने संकेत भएको बताएका छन् । भारतीय संचारमाध्यमहरुले त उत्तर कोरियाले रुसको साथमा विश्व लड्ने बताएका छ ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal