आज :

भरतपुरको विकासलाई निरन्तरता दिन पुनः रेणु ! देउवाले नेताहरुलाई यसो भने

  • अनलाइन डबली

काठमाडौँ । स्थानीय तहका निर्वाचन हुन अब २६ दिन मात्र बाँकी छन् । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले उम्मेदवारी टुंग्याउन लागेका छन् । दलहरुलाई उम्मेदवार छान्न निकै सकस परेको छ । सत्ता गठबन्धनमा रहेका पाँच पार्टीले केन्द्रमा गरेको निर्णय केही स्थानीय तहमा उलंघन भएको देखिन थालेको छ ।

तालमेल गर्न स्थानीय पार्टी स्वतन्त्र रहेको भन्ने नेपाली काँग्रेसका नेताहरुले अभिव्यक्तिका कारण पनि केन्द्रका निर्णय उलंघन भइरहेका छन् । मुख्यगरी काँग्रेस महामन्त्री गगन थापा गठबन्धनको निर्णयविरुद्ध लगातार बोलिरेहेका छन् । उनले सुरुदेखि गठबन्धन गर्नु हुँदैन भनिरहेका छन् ।

महानगरको निर्णय केन्द्रले गर्ने पाँच पार्टीबीचको सहमति भएको छ । अब छलफल महानगर टुंग्याउनेतिर केन्द्रीत हुने नेताहरुले बताएका छन् । उम्मेदवारी र भागबण्डा टुंग्याउन काँग्रेसको दम्भ र नेकपा एकीकृत समाजवादीको बढी मागका कारण समस्या भइरहेको माओवादी नेताहरु बताउँछन् ।

एक नेताका अनुसार काठमाडौँ महानगर काँग्रेसलाई दिने सहमति भइसकेको छ भने त्यस्तै भरतपुरलाई माओवादीलाई । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सैद्धान्तिक सहमति भइसकेको बताइएको छ । त्यसको छनक सभापति देउवाले शनिबार काँग्रेस नेताहरुसँग गरिसकेका छन् ।

सभापति देउवाले चितवनका नेताहरुकसँग गठबन्धन जोगाउन महानगर छोड्नु पर्ने भएको बताउँदै आकांक्षा नराख्न निर्देशन दिइसकेका छन् । तर, चितवन काँग्रेसले महानगर आफूले लिने निर्णय गरिसकेको छ । काँग्रेस एक नेताका अनुसार देउवाले उपप्रमुख आफ्नो पार्टीले पाउने भन्दै त्यसको लागि सहमति गर्न भनेका छन् । शनिबार बैठकमा देउवाले नगर कमिटीका सभापतिले आफूलाई उपमेयर लड्छु भनिसकेको बताएका थिए । देउवाले काँग्रेसले धोका दिन नसक्ने समेत बताएका थिए ।

शनिबार बसेको कार्य सम्पादन समितिको बैठकमा नेताहरुले गबठन्धनको निर्णयविरुद्ध बोल्न थालेपछि नेता रामचन्द्र पौडेलले त्यसको विरोध जनाउँदै त्यसको खण्डन गरेका थिए । पौडेलले गठबन्धनबारे पार्टीले निर्णय गरिसकेपछि बाहिर गएर बोल्न नपाइने बताए । साथै पार्टी सभापतिलाई आफूले नै गठबन्धनमा ल्याएको र त्यसको विकल्प नभएको बताए ।

यसैबीच माओवादी केन्द्रले पुनः रेणु दाहाललाई नै अगाडि सार्ने तयारी गरेको छ । रेणुले राम्रो कामको सुरुवात गरेको र त्यसको निरन्तरताको लागि पनि उनकै नेतृत्व आवश्यक भएको माओवादी केन्द्रका एक नेता बताउँछन् । “६ वटै महानरमध्ये सबैभन्दा राम्रो काम भरतपुरमा भएको छ, त्यसले पार्टीका साख पनि जोगाएको छ । रेणु कमरेडले अगाडि बढाएका कामलाई पुर्णता दिन पनि एक कार्यकाल उहाँकै नेतृत्व भरतपुरमा आवश्यक छ” ती नेतले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal