आज :

एमाले जिल्ला उपाध्यक्षसहित आधा दर्जन माओवादीमा, हुम्ला एक नम्बर पार्टीः नेता शाही

हुम्ला । हुम्ला जिल्ला निर्वाचन क्षेत्र नम्बर ‘क’को राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ, गत विहिबार सर्केगाडको गाउँपालिकाको तुम्चमा भएको सो कार्यक्रममा नेकापा(एमाले) हुम्ला महिला संघकी उपाध्यक्ष पुनिकला थापासिहत आधा दर्जन माओवादी केन्द्रमा धुर्वीकरण भएका छन् ।

त्यसैगरी शनिवार अदान्चुलीमा भएको कार्यक्रममा एमालेबाट जिल्ला नेताहरु कुलदेव जैसी,बसन्धारा टामाटा, अमन टमाटालगायत प्रवेश गरेका हुन् । सो कार्यक्रमा पूर्व–मुख्य मन्त्री महेन्द्र शाहीले नवप्रवेशीहरुलाई स्वागत गर्दै देशको एकमात्र परिवर्तनको संवाहक मावोवादीमा राष्ट्रवादीहरु एकजुट हुनुपर्ने धारणा राखेका छन् । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहेका उनले अहिलेको परिवर्तनलाई संस्थागत गर्न समाजवादी क्रान्ति सम्पन्न गर्न आसन्न निर्वाचन माओवादीले जित्ने पर्ने बताए ।

नेता शाहीले भरखरैमात्र संसदबाट अनुमोदित एमसीसीको विषयमा सम्पूर्ण नेता तथा कार्यकर्ताहरु प्रष्ट भएर जनतालाई यस विषयमा परेको भ्रम चिर्न पनि निर्देशन दिए । वास्तवमा प्रम शेरबहादुर देउवा र केपी वोली जसरी भएपनि हुबहु पास गर्ने तयारीमा भएपनि माओवादीले कम्तिमा एमसीसीलाई राष्ट्रको हितमा प्रयोग गर्ने आवस्थामा ल्याएको जनता समक्ष प्रष्ट पार्नु पर्ने छ उनले अगाडी भने । हुम्ला जिल्लाका सांसद तथा पार्टी केन्द्रीय सदस्य छक्कबहादुर लामाले देश र जनताको असली पार्टी माओवादीलाई अझ शक्तिशाली बनाउन जनतासमक्ष आह्वान गरे । अर्का केन्द्रीय सदस्य विजय भण्डारी‘प्रतिरोध’ले हुम्लाले विगतदेखी नै जनताको पार्टीकारुपमा स्थापित भएको र अब अझ बढी गतिवान बनाउनु पर्ने बताए । केन्द्रीय सदस्य मंगल शाहीले समाजवादी क्रान्ति सम्पन्न गर्न सबै क्रान्तिकारीहरु एक हुनु पर्ने बताए ।

त्यसैगरी कर्णाली प्रदेश पर्यटन मन्त्री छिरिङ डम्डुल लामा‘कार्चेन’ले आफू जसरी पनि जनताको पक्षमा काम गर्ने र माओवादीलाई यो देशको एक नम्बरको पार्टी बनाउन सबैले जनअपेक्षा अनुसार चल्न पनि अनुरोध गरे । कर्णाली प्रदेश पार्टी सहसचिव लालकेश जैसीले आगमी चुनावको लागि ५८ सय कार्यकर्ता परिचालन गर्ने बताए ।

पार्टी जिल्ला समन्वय समिति संयोजक डा.दीपेन्द्र रोकायाले समाजवादी व्यवस्थाको आधारमा गाउँगाउँमा सिंहदरबार आएको र शिक्षा, रोजगारसहित समग्र मानव विकासका सुचकाङकहरुलाई प्रवल बनाउन समाजवादी क्रान्तिको आवश्यकता र त्यसकालागि माओवादी बलियो बन्नु पर्ने बताए । कार्यक्रममा नेता रणसिं परियार, गणेश शाही, जम्कीत लामा, धर्मराज बोहोरा, कलिबहादुर विक लगायतका नेताहरुले प्रशिक्षण दिएको कार्यक्रमको अध्यक्षता जिल्ला पार्टी संयोजक डा.रोकायाले गरेका थिए ।

 

 

 

 

 

 

फोटोः नेत्र महताराको फेसबुक वालबाट

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal