आज :

राष्ट्र नै नरहने जेलेस्कीको राष्ट्रवाद

काठमाडौँ । आज रुस–युक्रेन यु’द्धको २६ औं दिन । युक्रेनका अधिकांश भूभाग भग्नावशेषमा परिणत भएसकेका छन् । परमाणु ऊर्जा केन्द्रलगायत धेरे क्षेत्र रुसी सेनाको नियन्त्रणमा छन् । केही दिन राजधानी किएभमा कम हमला भएपनि आइतबार रातभर बमबारी भएको पत्रकार राजेश पावरले बताएका छन् । रुसी सेनाले युक्रेनका इन्धन, हतियार, ड्रोन डिपोमा हाइपरसोनिक मिसाइल हमला गरेर ध्वस्त बनाइदिएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसले अहिले युक्रेनी सैन्य इलाकालाई निशाना बनाएर हमला गरिरहेको छ । युक्रेनी सेनाको हताहती पछिल्ला दुई दिन निकै बढी रहेको बताइएको छ । रुसले आवाजभन्दा १० गुणाबढी रफ्तारमा हमला गर्न सक्ने किन्झल हाइपरसोनिक मिसाइल पहिलो पटक प्रयोग गरे । परमाणु बम हमला गर्न सक्ने रुसी हाइपरसोनिक मिसाइललाई रोक्ने अहिलेसम्म कुनै देशले प्रविधि विकास गरेको छैन । राडरलगायतका उपकरणले हाइपरसोनिक महलाको कुनै पनि सूचना पाउन सक्दैनन् । केही दिनअघि मात्रै रुसी सेनाले अदृश्य क्षेप्यास्त्र प्रहार गरेको चर्चा पनि चलेको थियो । उक्त क्षेप्यास्त्रलाई पनि राडरलगायतका कुनै पनि प्रविधिले हमलाको सूचना नै पाउन सक्दैनन् ।
पत्रकार राजेसका अनुसार रुसले अहिले पनि थोरै तागत लगाएर युक्रेनसँग लडिरहेको छ । तर, रुसले सोचेजस्तो सहज पनि छैन । राजधानी किएभमा पनि रातभर हमला भइरहेका छन् ।

अझै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दवाव दिने गरी रुसले राजधानीमा हमला गरेको देखिएको पत्रकार राजेशको बुझाई छ । रुसले किएभलाई ध्वस्त नगरी जेलेन्स्कीलाई सम्झौतामा आउन बाध्य पार्न चाहेको विश्लेषण गरिएको छ । रुसले पहिलो पटक प्रयोग गरेको हाइपरसोनिक मिलाइल किएभमा हानेको छैन । रुससँग हाइपरसोनिक मिसाइलको दोस्रो सस्करण पनि छ, जो आवाजभन्दा २० गुणा बढी रफ्तारमा हमला गर्न सक्छ । सुरुदेखि नै राजधानी किएभमै रहेर रिपोर्टिङ गरिरहेका पत्रकार राजेशले दोस्रो विश्वयुद्धमा हिटलरको सेनासँग हजारौं रुसी सैनिकले ज्यान दिएर जोगाएको किएभलाई रुसले अहिले ध्वस्त गर्न नचाहेको बताउँछन् ।

पश्चिमा संचारमाध्यमहरुले रुसविरुद्ध संचार युद्ध गरेको भन्नेमा पत्रकार राजेश पनि सहमत छन् । युक्रेनले रुसको जति क्षति भएको विवरण दिइरहेको छ, त्यसमा सत्यता नभएको राजेश बताउँछन् । पूरै देशमा आगो र धुँवा छ । नागरिक पलायन भइरहेका छन् । रुसी सेनाले धेरै शहर नियन्त्रणमा लिइसक्यो, राजधानी किएभलाई घेराइ गरिसक्दा पनि युक्रेनका राष्ट्रपनि जेलेन्स्की आफूले जित्ने दाबी गरिरहेका छन् । भारतीय रक्षा विशषज्ञ शिवशंकर भन्छन्, “जेलेन्स्कीले आफूलाई राष्ट्रवाद देखाउन राष्ट्र नै नरहने खतरा नजिक पुगेको छ ।”

नेपाली बृहत् शब्दकोशमा राष्ट्रको अर्थ –जनता, सरकार तथा सार्वभौमसत्तासम्पन्न कुनै देश, भूगोल सीमा, देशका एकै एउटै संस्कृति र अर्थव्यवस्थामा आबद्ध समस्त नागरिक तथा जनतालाई राष्ट्र भनिन्छ । अहिले राष्ट्रको व्याख्या गर्नेहरुले राष्ट्र भनेको संविधान, नियम–कानुन,सरकार, अदालत, संवैधानिक अङ्गहरू, सुरक्षा निकायहरू, स्कूल, कलेज, अस्पताल, खेतबारी, धर्म, संस्कृति, जनसंख्या, नहर–कुलो नदी, खोला, पहाड, सडक, पुल, व्यापार, उद्योग धन्दा, कल कारखाना सबै राष्ट्र भनेका छन् । राष्ट्रवादी हुनलाई यी सबैको रक्षा गर्न सक्नुपर्छ । तर, युक्रेनका राष्ट्रपति जेलेन्स्कीले जन नागरिकलाई पलायन हुनबाट बचाउन सकेनन् । संयुक्त राष्ट्र सङ्घीय शरणार्थी एजेन्सीका उच्चायुक्त फिलिपो ग्रान्डीले ट्वीट गरेर रुसको आक्रमणपछि झन्डै एक करोड मानिस घर छाडेर भागेका बताएका छन् । उनले ३५ लाख मानिसहरु अर्को देश पलायन भएको समेत बताए । न युक्रेनको भौतिक पूर्वाधार बच्यो, न इतिहास, सिंगो देश नै ध्वस्त बनाएर जेलेन्स्कीले कस्तो राष्ट्रवादी हुन खोजेका हुन् ?

आफ्नो राष्ट्र वा देश जोगाउन कि युद्धबाट जित्नुपर्छ नभए शान्तिपूर्ण संवादबाट । यी दुबै तरिकामा जेलेन्स्की असफल भइसकेका छन् । जेलेन्स्की अमेरिकासहित पश्चिमा देशहरुबाट उचालिएका छन् । अमेरिकाले युद्ध लामो भएमा रुसको क्षति बढी हुने भन्दै जेलेन्स्कीलाई धाप मारिरहेको छ । तर, अरुको स्वार्थका कारण आज सिंगो युक्रेनमा डडेलो लागेको छ ।

भौतिक सीमा र जनसांख्यिक संरचना बदलिइरहने हुँदा खास राज्य—राष्ट्र लागिसमेत राष्ट्रियता र राष्ट्रवादको परिभाषा र संरचना भने सधैंभरि एउटै रहँदैन । राष्ट्रवाद पनि अपरिवर्तनीय हुँदैन । देशमा ठूलो सामाजिक वा राष्ट्रिय उथलपुथल हुँदा राष्ट्रवाद अपरिर्तनीय हुन्छ । त्यसैले जेलेन्स्कीको अहिलेको राष्ट्रवाद अब देशलाई जल्नबाट जोगाउने र नागरिकको रक्षा गर्नु नै हो । नकी बाँकी पनि खरानी । तर, अहिले जेलेन्स्कीले जस्तो कुरा गरिरहेका छन्, त्यो बालहठ, उग्रराष्ट्रवाद हो । यसले युक्रेनलाई बचाउन सक्दैन । अब जेलेन्स्कीले रुसको सरोकारको सुरक्षा सरोकारलाई ध्यानमा दिने, अमेरिका वा नेटो र ईयूमा सहभागी नहुने, क्रियमियलाई वैधानिकता दिने, विद्रोहीको नियन्त्रण क्षेत्रबारे छलफल गर्न तयार हुनुको विकल्प छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal