आज :

सरकारले भन्यो- नेपालीभूमी चीनविरुद्ध प्रयोग हुन दिन्‍नाैं 

  • अनलाइन डबली

काठमाडौं । सरकारले नेपाली भूमि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको छ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदनसँगै चीनलाई आश्वस्त पार्दै सरकारले आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चीन र भारतलगायत कुनैपनि राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको छ । त्यस्तै, बैठकले सबै मुलुकहरुसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीति अनुरुप अगाडि बढ्ने समेत प्रतिबद्धता जनाएको छ ।

बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्टलाई आइतबारको प्रतिनिधि सभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरी सहयोग गर्ने गठबन्धनमा आवद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष दल लगायतका अन्य राजनीतिक दलहरु, प्रतिनिधि सभाका सभामुखलगाइतलाई धन्यबाद ज्ञापन गरेको छ ।

बैठकले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने मित्र राष्ट्रहरु, दातृ निकाय, क्षेत्रीय एवं अन्तरार्ष्ट्रिय संघ संस्थाहरुप्रति पनि आभार प्रकट गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal