आज :

रुसले भन्यो- युक्रेनी सेनाले आत्मसमर्पण नगरे छिनभरमै सखाप पारिदिन्छौं, राजधानीमै क्षेप्यास्त्र हमला

काठमाडौँ । युक्रेनको पूर्वी क्षेत्रामा सैन्य कारवाहीको घोषणा गरेको रुसले क्षेप्यास्त्र हमला गरेको छ । रुसी सेना पूर्वी युक्रेनको सीमाभित्र प्रवेश गरिसकेका छन् ।

युक्रेनी सेनालाई आत्मसमर्पणको अपील गरेका भ्लादिमिर पुटिनले पूर्वी क्षेत्रमा शान्ति स्थापनाको लागि आफ्नो सेनाले काम गर्ने बताएका छन् । पुटिनले युक्रेन कब्जा गर्ने आफ्नो कुनै योजना नभएको समेत बताएका छन् ।

यसैबीच युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमाथि रुसले क्षेप्यास्त्र हमला गरेको पुष्टि गरेका छन् । युक्रेनी पूर्वाधार तथा सीमा सुरक्षा बलमाथि क्षेप्यास्त्र हमला गरिएको बीबीसीले जनाएको छ ।

त्यसैगरी युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले ट्विट गर्दै रुसले पूर्ण स्तरको आक्रमण शुरू गरेको बताएका छन् । उनले युक्रेनले ‘‘आफ्नो रक्षा गर्ने’’ बताउँदै अन्तर्राष्ट्रिय जगत्ले पुटिनलाई रोक्न सक्ने र रोक्नुपर्ने विषयमा जोड दिएका छन् । रुसले पूर्वी युक्रेनमा आफ्ना सेनाविरुद्ध ‘‘भीषण गो लाबारी’’ गरेको युक्रेनको सैन्य बललाई उदृत अन्तर्राष्ट्रिय संचारमाध्यमहरुलेजनाएका छन् ।

रुसले युक्रेनको राजधानी किएभनजिकै रहेको एक विमानस्थलसहित देशका अन्य विभिन्न विमानस्थलमा पनि क्षेप्यास्त्र आ क्रमण गरेको बताइएको छ ।

युक्रेनको हवाई बलले रुसी हवाई हमलाको सामना गरिरहेको युक्रेनको सैन्य बलले जनाएको छ । युक्रेनी पूर्वाधार तथा सीमा सुरक्षा बलमाथि क्षेप्यास्त्र हमला गरिएको उनले बताए।

उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिव येन्स स्टोल्टनबेर्गले रुसको ‘गैरजिम्मेवार आ क्रमण’ भन्दै निन्दा गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा एउटा पोस्ट गर्दै उनले रुसी कदमले अनगिन्ती नागरिकको जीवनमा जोखिममा पारेको बताएका छन् । नेटोले त्यसबारे छलफल गर्ने बताएको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले उनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्लाई सैन्य कानुन लागु गर्न आग्रह गरेका छन् । त्यसबारे निर्णय गर्न उक्त परिषद्ले आकस्मिक बैठक बोलाउने अपेक्षा गरिएको छ ।

अमेरिकासहित पश्चिमा देशहरुले रुसमाथि प्रतिबन्धको घोषणा गर्दै पछि हट्न आग्रह गरिरहेको बेला रुसी सेनाले भने युक्रेनी सेनाले आत्मसमर्पण नगरेको छिनभरमै सखाप पारिदिने चेतावनी दिएको समाचार एजेन्सीहरुले बताएका छन् ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal