
काठमाडौँ । पूर्ब सुरक्षकर्मी परिषद नेपालले नेपाली काँग्रेस र नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्यहरुलाई विवादित अमेरिकी परियोजना एमसीसीको पक्षमा मतदान नगर्न आग्रह गरेको छ । परिषदले एमसीसी सम्झौता संविधानले अंगिकार गरेको परराष्ट्र नीति र नेपाल सरकारको अधिकार क्षेत्रभन्दा माथि रहने गरी एमसीसी सम्झौता नेपालको हितमा नभएको पत्रमा उल्लेख गरेको छ ।
परिषद्का अध्यक्ष कमलबहादुर राउतले हस्ताक्षर गरेको पत्रमा नेपाली काँग्रेसका सांसदहरु बिपी कोइराला, कृष्णप्रससाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाका अनुयायी भएको बताउँदै पैसा, पद र दलीय राजनीतिक घेरा तथा स्वार्थभन्दा माथि उ एमसीसी सार्वभौमसत्ता सम्पन्न संसदमा निर्णयर्थ प्रस्तुत हुँदा माथि उठेर एमसीसीको विपक्षमा उभिन आग्रह गरिएको छ । पत्रमा देश र सन्ततिको भविश्य जुवाको जाउबाट जोगाउन तथा नेपाल आमाको अस्मिता जोगाउन समेत आग्रह गरिएको छ ।
एमसीसीले दिने भनिएको रकम सानो भएको भन्दै पत्रमा सार्वभौम सत्ता सम्पन्न नेपालीलाई र भावी पुस्तालाई बन्धकी नराख्न नेपाली नेपालीबीच बैमनस्यता वृद्धि नगर्न भूमिका खेल्न समेत आग्रह गरिएको छ ।
त्यसैगरी परिषदले नेकपा एमालेका सांसदहरुलाई पनि पत्र पठाएको छ । मदन भण्डारीले देश, भूगोल अन्तर्राष्ट्रिय अवस्था, नेपालको सामाजिक राजनैतिक परिवेशलाई आधारमानी प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको मार्ग दर्शनको आधारमा उदायको पार्टी भएकोले पार्टी एमसीसीको विपक्षमा उभिन आग्रह गरेको छ । पत्रमा नेपाली एमसीसीले दिने भएको रकममा जनतालाईको भविश्यलाई जुवाको दाउमा नराख्न समेत आग्रह गरेको छ ।
भारतमा हस्तक्षेप गरेको कालापानी, लिपुलेक भूमि समेटिएको नयाँ नक्सा जारी गरेझैं एमसीसीलाई विपक्षमा उभिन फिर्ता पठाउन एमालेसँग परिषदले आग्रह गरेको छ ।
“यति सानो रकममा सार्वभौम सत्ता सम्पन्न हामी नेपाललाई र भावी पुस्तालाई समेत बन्धकी नराख्न तथा नेपाली नेपालीबीच बैमनस्यता बृद्धि नगर्न तपाईँले खेल्नु हुने भूमिकाको हामी उच्च मूल्यांकन गर्दै हृदयदेखि नमन गर्नेछौँं” पत्रमा उल्लेख गरिएको छ । पत्र सांसादहरुलाई पठाइएको परिषद्ले जनाएको छ ।
सत्तारुढ नेपाली काँग्रेसका सांसदहरुलाई पठाएको पत्रः